Sunrise appliances
Homeकाठमाडौंपशुपतिनाथको हराएको जग्गा खोजिने, २३१ रोपनी जग्गा खोज्न समिति बन्यो

पशुपतिनाथको हराएको जग्गा खोजिने, २३१ रोपनी जग्गा खोज्न समिति बन्यो

काठमाडौँ । पशुपतिनाथको स्वामित्वमा रहेर पनि गायब भएको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकार तातेको छ । सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेर जग्गा खोज्न तदारूकता देखाएको हो ।

पशुपति क्षेत्र विकास कोषको जग्गा खोज्न समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार ‘गायब भएकोसहित पशुपतिको हजारौँ बिघा जमिन कसरी कहाँ कुन अवस्थामा छन् र के गर्न सकिन्छ भनेर प्रतिवेदन दिने गरी समिति गठन भएको छ ।

समितिलाई ३ महिनाभित्र प्रतिवेदन दिने गरी समय तय गरिएको छ । पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी समितिको सदस्यमा सदस्य छन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू