काठमाडौं, २० फागुन,काठमाडौं महानगरपालिका-१४ रविभवन डेरा गरी बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका-१४ घर भएका ३८ वर्षीय निरज मल्लको कोठाबाट ल्यापटप १ थान र डेढ तोला बराबरको सुनको सिक्री शनिबार साँझ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।