Sunrise appliances
Homeकाठमाडौंवसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

वसन्तपुरमा चीर ठडाएर फागुपूर्णिमा प्रारम्भ

काठमाण्डाै – काठमाण्डौको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ ।

बिहान ७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएसँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

रंगको पर्व होलीलाई आपसी कटुताको अन्त्य र सद्भाववृद्धिको पर्वको रुपमा पनि लिने गरिन्छ । यसपालि आउँदो विहीबार पहाडी जिल्लामा र शुक्रबार तराईका जिल्लामा होली मनाइँदै छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू