Sunrise appliances
Homeकाठमाडौंकरिब ५ सय लेखिकाका १ हजार शीर्षकका पुस्तक प्रदर्शनीमा

करिब ५ सय लेखिकाका १ हजार शीर्षकका पुस्तक प्रदर्शनीमा

मनमा आएका अभिव्यक्ति शव्दमा उतार्न सजिलो छैन । शव्दका अभिव्यक्तिलाई संगालो बनाउन त झन कठिन छ । यस कर्ममा क्रियाशील महिलाहरुलाई सम्मान र लेखन कलामा आउन चाहने महिलाहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’ महिला पुस्तकका बारेमा धारणा राख्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, ‘लेखन कार्यबाट महिलाको सशक्तिकरणमा ठूलो योगदान हुनेछ । यस कार्यलाई महानगरपालिकाले प्रोत्साहन गर्नेछ ।’

काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ मा उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।

जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ् भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

प्रदर्शनीमा मैले चिनेको पारिजात विषयक सम्वाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस सम्बादमा पारिजातलाई चिनेका र संगत गरेका व्यक्तित्वलाई बोलाएर उहाँको स्मृतिमा पारिजात कस्ती हुनुहुन्थ्यो, अनुभव सुनाउन लगाइन्छ ।

सम्वादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ ।

प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू