उपत्यकाबाट पश्चिमतर्फ देखिने कीर्तिपुर डाँडा र डाँडाको सर्वाधिक उचाईको भू-भागमा देखिने क्वाःचो अर्थात् उमामहेश्वर मन्दिरको पनि पश्चिम दिशामा रहेको एउटा पुरातात्विक भवन, मल्लकालमा छुट्टै राज्यको अस्तित्वमा बाेकेकाे भवन जसलाइ कीर्तिपुरको कोतघर भनिन्छ । हुन पनि मल्लकालिन राज्यका भारदार प्रधान खलकहरुकै गुठिको आगम घर पनि भएकाले तत्कालिन राज्यको एक महत्वपूर्ण अंग भएको पुष्टि गर्दछ । ०६० दशकसम्म पनि आम कीर्तिपुरवासीको पहुँच नपुगेको ठाउँ, सबैको चासो र रहस्यमयी भवन, अनि संरचना रहेको उक्त आगम अर्थात् कोतघरको चर्चा र मिथक ‘रे’मै थियो र राज्यको हात हतियारको भण्डार भएपछि चर्चा चुलिनु र रहस्यमय बन्नु कुनै आश्चर्य र अनौठो विषय रहेन ।
कीर्तिपुरको समाजमा हिजोसम्म चर्चा हुने विषय थियो, कोतघर भित्रैबाट अन्त निस्कने सुरुङ मार्ग र पोखरी । कोतघरनै भएपछि हातहतियारको चर्चा त सामान्यनै हुने भयो । ०६३ सालमा जनअान्लाेलनकाे सफलतापछि गाेरखाबाट फुलपाती ल्याउने र जमरा राख्ने चलन हट्याे । तर अाम कीर्तिपुरवासीकाे चासाे र सराेकार हटेकाे थिएन । ०७४ सालकाे स्थानीय तहबाट कीर्तिपुरकाे मेयर बन्नुभएका रमेष महर्जन स्वयंले काेतघरका हातहतियारका विषयमा चासाे पनि राखेका थिए । ०७९ साल बैशाखकाे निर्वाचन नतिजालगत्तै निर्वाचित मेयर राजकुमार नमर्मीलगायत जनप्रतिनिधिकाे स्वागतमा काेतघरमा अायाेजित स्वागत तथा सम्मान कार्यक्रममा भने पहिलाे पटक काेतघरमा प्रवेशकाे पहुँचकाे सुअवसर मिल्याे । तर सबकाे रहस्यकाे पाेकाे त्याे दिन पनि खुल्न सकेन । बैशाख ३१ गते साेमवारका दिन पुननिर्माणका लागि जगसम्म भत्काईएकाे काेतघर परिसरमा पुग्दा पनि स्थानीय र जनप्रतिनिधिहरूसमेत सुरूङ र पाेखरीकै जिज्ञासा राखिरहेका थिए । ढुंगाका फराकिला गारा र अाेडारझैं देखिने साँघुरा काेठाबाहेक अरू केही देखिएन, सायद विभिन्न कालखण्ड र गाेर्खालीसंगका युध्दपछि काेतघर पटक-पटक भत्के-भत्काईएका वा पुननिर्माण गरिसकेकाे हुनुपर्दछ ।
तर हालसालै काेतघरकाे शिल्यान्यास गरिएकाे छ । वागमती प्रदेशका पूर्वपर्यटन मन्त्री पुकार महर्जनले शिल्यान्यास गरेका हुन् ।