Sunrise appliances
Homeकाठमाडौंसम्मान स्वरुप वडा १० ले जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गरायो

सम्मान स्वरुप वडा १० ले जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गरायो

कीर्तिपुर नगरपालिकाको वडा नं १० ले आज वडाका सबै जेष्ठ नागरिकहरुलाई धार्मिक स्थलहरु भ्रमण गराएको छ । उमेरले ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई ललितपुर स्थित कार्य बिनायक, खोकना, बुगंंमती र सिकाली घुमाइएको थियो । उमेरले ६० पार भैसकेपछि सामाजिक रुपमा क्रियाशील नहुनु र अधिकांश समय घरमै बिताउने जेष्ठ नागरिकहरु आज भ्रमणमा सहभागी भएपछि निकै खुशी देखिन्थे । सन स्टार क्लबका धिमे बादक र मानःत्वा बासुँरी खलका बाँसुरी बजाउनेहरुले नाँचु नाँचु लाग्ने बाजा बजाएपछि उमेर र अनुहारमा चाहुरी परेका धर्साहरुमा लुकेका सारा एक्लोपन, दुःख बिर्सेर छमछमी नाचे । वडा नं १० ले यो भन्दा पहिले पनि जेष्ठ नागरिकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरेको थियो । आजको भ्रमणमा करिब २६० जनाको सहभागी थियो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू