Sunrise appliances
Homeकाठमाडौंजरिवाना बाट पुनरुद्धार : नक्साल ढुङ्गेधारामा थुनिएको पानीको निकास खुलाउँदै

जरिवाना बाट पुनरुद्धार : नक्साल ढुङ्गेधारामा थुनिएको पानीको निकास खुलाउँदै

काठमाँडौका महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुंगेधारा (गाःहिटी) को पुुनरुत्थान गरेका छन् । हिटीलाई कसरी पहिलेकै अवस्थामा ल्याउन सकिन्छ भनेर चरणबद्ध तरिकाले गरिएको अनुसन्धान पनि सकिएको छ । पानीको मुहान खोज्न्, निकास खोज्ने र भौतिक संरचनाको पुनः निर्माण कसरी गर्ने यी ३ समस्यामै निहित भएर अनुसन्धान सुरु गरिएको थियो । यसको थालनी २०८० सालमै भएको हो । प्रमुख शाहले स्वयंम हिटीका आसपास क्षेत्रमा गई पूर्वास्था र विद्यमान अवस्थाका बारे स्थानीय सँग छलफल गरेका थिए । त्यही अवलोकन पश्चात कामले पनि उत्तिकै तिव्रता पायो ।


प्राचीन स्मारकलाई जोगाई राख्नु सजिलो कुरा होइन, यसबाट ढुंगेधाराको संरचना सँगै जल सम्पदाको पनि पुनरुत्थान हुनेछ । हिटीको पुनरुत्थान संरचना बनाएर मात्र हुदैँन, समस्याको मुल जरो पनि पत्ता लगाउन पनि उत्तिकै आवश्यक छ । हिटी संस्कृति जोगाउन आइपरेका बाधा पत्ता लगाउन स्थानीय सँगको छलफल, स्थलगत र अभिलेखबाट पूर्वावस्थाको विश्लेषणबाट पानीको निकास दिइएको ठाँउमा ३ वटा घरले निकास थुनेको पत्ता लगाइयो ।


स्थानियले दिएको सुचनाका आधारमा निकास खोज्दा घरले थुनेको भेटिएपछि हरेकलाई २ लाख रुपँैयाको दरले जरिवाना तिराएर उक्त रकमबाट नै निकास खोलिएको हो । पानीको निकास सम्बन्धी समस्या समाधान भैसकेको र अब पानीको मुहान खोजी भौतिक पूर्वाधार पुनरुत्थानको काम सुरु गर्ने प्रमुखका सचिवालय सदस्य विनय शाक्यले बताए ।

पुरातत्व विभाग २०३९ सालको अभिलेखनका दस्तावेज हेर्दा विगत ४० वर्ष अघिदेखि उक्त ढुंगेधाराको पानीको मुहान सुकेको देखिन्छ । काठमाँडौ उपत्यकाको सांस्कृतिक सम्पदाहरुको विवरणमा भौतिक अवस्था उल्लेख गर्दे गाहिटी भएको ठाँउमा बेला बेलामा निकास बन्द भई पानी जम्ने गर्दछ र पानीको मुहान पनि सुक्ने गर्छ । समय समयमा सरसफाइ गरी पानीको स्रोत पत्ता लगाइ आवश्यक व्यवस्था गर्नुपर्ने थियो तर गरिएन । यस पटक सफाई गर्ने क्रममा पहिले जेट मेसिनको प्रयोग भएको थियो र यसबाटै खासै परिणाम नआएपछि मानवीय स्रोतको प्रयोग गरेर निकास खोलिएको हो । अहिलेसम्म प्राप्त भएको उपलब्धीलाई संस्थागत र दिगो बनाउन स्थानीय सहभागिता रहने गरी संयन्त्र बनाएर हिटी संस्कृति संरक्षण र पुस्तान्तरणको काम अघि बढाउने वडा सचिव पौडेलले बताए ।

तस्विर : विनय शाक्य 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू