Sunrise appliances
Homeकाठमाडौं१३ सामुदायिक विद्यालयद्वारा भाडामा लगाइएका १७५ सटरमा विभागले ताला लगायो

१३ सामुदायिक विद्यालयद्वारा भाडामा लगाइएका १७५ सटरमा विभागले ताला लगायो

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७ सामुदायिक विद्यालयद्वारा भाडामा दिइएका १७५ सटरमा ताला लगाएको छ। ताला लगाइएका विद्यालयहरूमा जेपी स्कूल, ठमेलका ४६ सटर समावेश छन्, जहाँ रेष्टुरेन्ट र अन्य व्यापारिक क्रियाकलापहरू सञ्चालन हुँदै आएका थिए। यस्तै, रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११, कन्या मन्दिर माध्यमिक विद्यालयका ३६, मंगलादेवी माध्यमिक विद्यालयका १२, जनकल्याण माध्यमिक विद्यालयका १४, पशुपति मित्र माध्यमिक विद्यालयका ३६ र महेन्द्र माध्यमिक विद्यालय, बौद्धका २० सटरमा पनि ताला लगाइएको छ। शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार, प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले यी विद्यालयहरूमा पुगेर व्यापारिक प्रयोजनका सटर तथा टहराहरूमा ताला लगाएको हो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू