Sunrise appliances
Homeकाठमाडौंसरसफाइको पर्व सिथि नखः

सरसफाइको पर्व सिथि नखः

किर्तिपुर नगरपालिका स्थित वडा नं १० को तु:झ्व मा आज सिथि न:ख को अवसर मा सर्वसाधारण मिलेर इनार सफा गरेका छन । वर्षभरिको चाड सकिने आजको दिन पानीका प्राकृतिक स्रोतहरु कुवा, ईनार, पोखरी, ढुंगेधारा सफाई गर्ने परम्परा रहेको छ ।

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ । लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ। सिथि नखः पर्वलाई नेवार समुदायले मनाउने वर्षको अन्तिम पर्व मानिएको छ । यसपछि अर्काे पर्वका रूपमा घण्टाकर्ण आउने गर्छ । सिथि नखः पर्व आएपछि असार अर्थात् रोपाइँ सुरु भयो भन्ने मान्यता छ । यसै रोपाइँका लागि शरीर बलियो होस् भनी दालहान पकवान खाने गरेको मान्यता पनि छ। पहिला पहिला घरघरमा धारा नभएको बेला यही कुवा, पोखरी, इनार र ढुंगेधाराको पानी प्रयोग गर्ने गरिन्थ्यो । पछि घरघरमा धारा आएपछि यसको प्रयोग कम हुन गएको थियो । तर पछिल्लो केही समयदखि फेरि यसको महत्व बढेको छ । मान्छेको चापसँगै खानेपानीको समस्या पर्न थालेपछि फेरि इनार, कुवा, ढुंगेधारा र पोखरीको पानी सञ्चालन गर्न थालेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू