Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि नगरपालिकाद्वारा वातावरण संरक्षणमा तीन प्रतिशत बजेट विनियोजन: स्वच्छ हावा परियोजनामा अग्रसर

चन्द्रागिरि नगरपालिकाद्वारा वातावरण संरक्षणमा तीन प्रतिशत बजेट विनियोजन: स्वच्छ हावा परियोजनामा अग्रसर

चन्द्रागिरि नगरपालिका वातावरण व्यवस्थापनका लागि आफ्नो कुल बजेटको तीन प्रतिशत विनियोजन गर्ने भएको छ। यस कदमले चन्द्रागिरि नगरपालिकालाई वातावरणीय संरक्षणमा अग्रणी स्थानमा पुर्याएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (USAID) र फेम्ली हेल्थ इन्टरनेशनल ३६० (FHI) को सहयोगमा स्वच्छ हावा परियोजना कार्यान्वयन भइरहेको छ। नगर प्रमुख घनश्याम गिरीले एफएचआइ ३६० का प्रमुख वित्त अधिकृत रसिका पद्मापेरुमासँगको भेटमा यो नीति बारे जानकारी दिए।

नगरपालिकाले स्वच्छ हावा प्रवर्द्धन, वायु प्रदूषण न्यूनीकरण र जलवायु अनुकूलनलाई प्राथमिकता दिएको बताइयो। प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वच्छ हावा मार्फत नगरवासीको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य तथा वातावरण व्यवस्थापनमा नगरपालिकाको प्रयासबारे जानकारी दिए।

एफएचआइ ३६० का प्रमुख वित्त अधिकृतले चन्द्रागिरि नगरपालिकाले लिएको निर्णयको प्रशंसा गर्दै यसले जलवायु परिवर्तनले पार्ने असरलाई कम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

सो अवसरमा उनले चन्द्रागिरि नगरपालिकाद्वारा थानकोटमा सञ्चालित निःशुल्क सवारी प्रदूषण जाँचको अवलोकन पनि गरेका थिए। युएसएआइडीका स्वच्छ हावा परियोजनाका प्रमुख भूषण तुलाधरले पनि चन्द्रागिरि नगरपालिकाको कामको प्रशंसा गरे।

चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने नीति लिएको छ र यसका लागि यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिकता दिइएको छ। पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता दिइएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू