Sunrise appliances
Homeकाठमाडौंकाठमाडौँको ऐतिहासिक इटाचापा सम्पदाको पुनःनिर्माण सुरु: तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँको ऐतिहासिक इटाचापा सम्पदाको पुनःनिर्माण सुरु: तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौँ, ८ असार: विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका–२७, असनस्थित ऐतिहासिक सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ। विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि गुठी संस्थान र काठमाडौँ महानगरपालिकाबीच केही समय विवाद चलेको थियो। वडाको पहलमा अब यसको पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिनुभयो। ऐतिहासिक महत्वको यो सम्पदा पुनःनिर्माणका लागि रु दुई करोड ४९ लाख ३७ हजार खर्च लाग्ने र तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा (मरजा) छ। सोही दिन अन्नपूर्णाको जात्रा पनि चलाइन्छ। विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारीहरू यहाँ १० दिनसम्म बस्ने गर्थे, जसले गर्दा कुनै रोगको सङ्क्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने विश्वास गरिन्थ्यो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू