Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाको आगामी आर्थिक वर्षको आय-व्यय योजना सार्वजनिक

कीर्तिपुर नगरपालिकाको आगामी आर्थिक वर्षको आय-व्यय योजना सार्वजनिक

कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित आय-व्यय विवरण सार्वजनिक गरेको छ। आयतर्फ, आन्तरिक राजस्वबाट १८ करोड ६० लाख, गत वर्षको नगद मौज्दातबाट ५ करोड, राजस्व बाँडफाँडबाट ३७ करोड ८३ लाख ८८ हजार १५०, घर-जग्गा रजिष्ट्रेशन दस्तुरबाट २५ करोड, मूल्य अभिवृद्धि करबाट ६ करोड ६४ लाख ७४ हजार ५३, अन्तःशुल्कबाट २ करोड ४१ लाख ४४ हजार २४६, सवारी साधन करबाट ३ करोड ७५ लाख ८८ हजार १५०, विज्ञापन करबाट १ लाख, वन रोयल्टीबाट ८१ हजार ७०१, बाह्य स्रोतबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ६० करोड १५ लाख ९५ हजार प्राप्त हुने अनुमान गरिएको छ।

यसमा संघीय सरकारबाट ५२ करोड ५१ लाख १५ हजार, समानिकरण अनुदानबाट १९ करोड २३ लाख, शसर्त अनुदान चालुबाट २५ करोड ८६ लाख, शसर्त अनुदान पुँजीगतबाट ६ करोड ४८ लाख, विशेष अनुदान पुँजीगतबाट ९० लाख, शासन सहयोग कार्यक्रमबाट ४ लाख १५ हजार, प्रदेश सरकारबाट ६ करोड ६४ लाख ८० हजार, समानिकरण अनुदानबाट २ करोड ४ लाख २८ हजार, शसर्त अनुदान चालुबाट ९९ लाख ९२ हजार, शसर्त अनुदान पुँजीगतबाट ३१ लाख ६० हजार, विशेष अनुदान पुँजीगतबाट ६५ लाख, समपुरक अनुदान पुँजीगतबाट २ करोड ६४ लाख र स्थानीय तहबाट १ करोड प्राप्त हुने अनुमान छ। यसरी, कुल अनुमानित आय १ अर्ब २२ करोड ५९ लाख ८३ हजार १५० पुगेको छ।

आगामी आर्थिक वर्षको अनुमानित व्ययतर्फ, चालु खर्च ५३ करोड ६५ लाख ५२ हजार रहेको छ जसमा प्रशासनिक खर्च २० करोड र शसर्त अनुदान (विषयगत कार्यालय) खर्च ३३ करोड ६५ लाख ५२ हजार रहेका छन्। पुँजीगत खर्चतर्फ ११ करोड ३६ लाख ४२ हजार रहेको छ जसमा आर्थिक विकास क्षेत्रमा २८ करोड, सामाजिक विकास क्षेत्रमा १९ करोड २७ लाख, पूर्वाधार विकास क्षेत्रमा ३८ करोड ९६ लाख ७० हजार, वन, वातावरण तथा विपद व्यवस्थापन र पुनःनिर्माणमा १८ करोड, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रमा ३ करोड ६० लाख ५० हजार, वडा स्तरीय कुल बजेट १७ करोड, स्थानीय तहबाट प्राप्त अनुदान १ करोड, सडक बोर्डमा १ करोड, गत वर्षको योजना सहित अल्या तथा विगतको भुक्तानी दिन बाँकी रकम ०, लागत साझेदारी ३ करोड र समपुरक हिस्सा ० रहेको छ। यसरी, कुल अनुमानित व्यय १ अर्ब ६७ करोड २९ लाख ७२००० पुगेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू