किर्तिपुरमा बालबालिकाको सुरक्षाका लागि जनचेतनामूलक पाठ्यसामग्री हस्तान्तरण

0
6

काठमाडौं जिल्ला प्रहरी परिसरले किर्तिपुर नगरपालिकासँगको साझेदारीमा विद्यालय स्तरका बालबालिकालाई लागू औषध दुर्व्यसनी, साइबर अपराध, यौन हिंसा, सवारी दुर्घटना, चोरी लगायतका सामाजिक विकृति विसंगतिबाट बचाउन तथा विद्यालयमा शिक्षक वर्गमार्फत विद्यार्थी र अभिभावकलाई सचेतना अभिवृद्धि गरी अपराध न्यूनीकरण र नियन्त्रण गर्ने उद्देश्यले जनचेतनामूलक पाठ्यसामग्री तयार गरेको छ।

यस कार्यक्रमको उद्घाटन किर्तिपुर नगरपालिकाका उप-प्रमुख शुभ लक्ष्मी शाक्य (सुनिता)को अध्यक्षतामा र काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा करिब २५ जना विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जनचेतनामूलक पाठ्यसामग्री विद्यालयमा अनिवार्य रूपमा पठन पाठन गराउने र पालिकास्तरको पाठ्यक्रममा समावेश गरी सामाजिक विकृति विसंगति नियन्त्रण गर्ने लक्ष्य राखिएको थियो। यसका साथै, प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरू बीच साझेदारीता निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्य पनि थियो।

प्रमुख अतिथि वसन्त रजौरेले जघन्य अपराध, लागू औषध दुर्व्यसन, महिला बालबालिका विरुद्धका अपराध र हिंसा, बढ्दो विधुतीय अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति विरुद्ध सामाजिक सचेतना जगाउने प्रयासलाई महत्वपूर्ण रहेको बताए।

कार्यक्रमले बालबालिकामा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउन र भविष्यका कर्णधार बालबालिकालाई राष्ट्र र समाजप्रति जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखेको छ। साथै, सामुदायिक सुरक्षाका अन्य विषयहरूमा एकीकृत स्वयंसेवक परिचालन र व्यापक जनसहभागिताको लागि सामाजिक संघ संस्थाहरू बीच वृहत सञ्जाल र साझेदारीता निर्माण गरी सोको माध्यमबाट विद्यालय स्तरमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य पनि कार्यक्रमले लिएको छ।

Sunrise appliances

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!