Sunrise appliances
Homeकाठमाडौंचम्पादेवी डाँडामा पाँचजनाद्वारा लाठी र खुँडासहित स्थानीय माथि लुटपाट, कुटपीट: केही घाइते

चम्पादेवी डाँडामा पाँचजनाद्वारा लाठी र खुँडासहित स्थानीय माथि लुटपाट, कुटपीट: केही घाइते

आज कीर्तिपुर स्थित चम्पादेवी डाँडामा एक दुःखद घटना घटेको छ। घरमा फलफूलहरु, केही चाउचाउ, मिनरल वाटर लगायतका खाद्य सामग्रीहरु बोकेर पदयात्रीको सुविधाका लागि गएका ११ जना स्थानीय पसलेहरुलाई लुटेराहरुले आक्रमण गरेका छन्।

घटनामा संलग्न लुटेराहरु २०-२५ वर्ष उमेर समूहका पाँच जना रहेका छन्। ती लुटेराहरु खुडा तथा घरेलु हतियार बोकेर आएका थिए। बिहान सबेरै उनीहरुले ती स्थानीय पसलेहरुलाई निर्घात कुटपिट गरी एकै ठाउँमा बाँधेर राखे। त्यसपछि उनीहरुका मोबाइल, पैसा लगायत सम्पूर्ण सामानहरु लुटेर भागे।

घटनामा घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ भने अन्यलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस आक्रमणले पदयात्रीहरुबीच ठूलो त्रास फैलाएको छ ,सुरक्षाको मामिलामा चिन्ता व्यक्त गरिएको छ। प्रहरी प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ र आक्रमणकारीहरूको खोजी जारी राखेको छ।

यो घटना स्थानिय सुरक्षाका लागि गम्भीर चुनौती बनेको छ र स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था कडा पार्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू