Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरमा मध्यराति बाईक चोरीको प्रयास विफल, दुई शंकास्पद व्यक्ति पक्राउ

कीर्तिपुरमा मध्यराति बाईक चोरीको प्रयास विफल, दुई शंकास्पद व्यक्ति पक्राउ

कीर्तिपुर-१० सिंहदुवालमा बाईक चोरी गर्न आएको आशंकामा स्थानीयले दुई शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई प्रहरीलाई हस्तान्तरण गरेका छन्। शंकास्पद व्यक्तिहरूको प्रारम्भिक सोधपुछमा एकले मकवानपुर र अर्कोले धादिङ घर बताएको छ। उनीहरूको उमेर करिब २०-२५ वर्षको देखिएको छ।

उनीहरू दुबैजनाले एउटै पल्सर बाईकमा सवार थिए, जसको नम्बर प्लेट माटोले छोपिएको थियो र दुबैजनाले हेल्मेट लगाएका थिए। रातको सवा १ बजे चिलंचो बिहारको मूल गेटमा केशरल्न वज्राचार्यले गाईंगुईं आवाज सुनेर झ्यालबाट बाहिर हेर्दा, अनुहार प्रस्ट नदेखिने अवस्थामा दुईजना व्यक्ति ढोकानिर देखे। “यत्तिबेला यहाँ किन?” भन्ने प्रश्नको स्पष्ट उत्तर नपाएपछि, केशरल्न वज्राचार्यले वरपरका छिमेकीलाई फोन गरेर बाहिर निस्के।

छिमेकीहरूसँग मिलेर शंकास्पद व्यक्तिहरूलाई घेरा हालेर नियन्त्रणमा लिएपछि वडा अध्यक्ष नरेश महर्जन र प्रहरी वृत्तलाई खबर गरियो। अनुसन्धानको क्रममा उनीहरू चढेर आएको पल्सर बाईकको ब्लुबुक धादिङका चेतबहादुर तामाङको नाममा दर्ता भएको पाइयो।

कीर्तिपुर प्रहरी वृत्तले घटनाको गहिरो अनुसन्धान गर्दै, शंकास्पद व्यक्तिहरूसँग कडा सोधपुछ गरिरहेको छ। यस घटनाको सत्यतथ्य पत्ता लगाउन र संलग्न व्यक्तिहरूको वास्तविकता बाहिर ल्याउन प्रहरीको प्रयास जारी छ। यो घटनाले उपत्यकामा सक्रिय बाईक चोरहरूको गिरोहको पर्दाफास हुने सम्भावना पनि देखिएको छ।

प्रहरीले जनतामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउँदै, यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन कडा कदम चालिरहेको छ। स्थानीयको सतर्कता र प्रहरीको तत्परताले सम्भावित चोरीको ठूलो गिरोह खुल्ने आशा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू