Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रणनीति तयारी अगाडि बढाउँदै

कीर्तिपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रणनीति तयारी अगाडि बढाउँदै

कीर्तिपुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तर्गत कीर्तिपुर नगरपालिकाको रोजगार रणनीति तर्जुमा गर्ने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमका अंतर्गत आगामी ५ वर्षसम्मका लागि नगरपालिकाले रोजगार रणनीति विकसित गर्ने योजना बनाएको हो।

नेपालको संविधानको मौलिक हक र कर्तव्यका अन्तर्गत, धारा ३३ मा रहेको रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले ुरोजगारी सम्बन्धी ऐन, २०७५ु जारी गरेको छ। यस ऐनको दफा ८ को उपदफा ९१० मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान गरेको र उपदफा ९३० ले कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिएको छ।

कार्यक्रमको मुख्य उद्देश्य छ नेपालभित्र पर्याप्त रोजगारीको अवसर सिर्जना गरी जनशक्तिको महत्त्वपूर्ण उपयोग गरी आर्थिक विकासमा योगदान पुर्याउने छन्। त्यसका साथै, संघ, प्रदेश र स्थानीय तहको साझा कार्यक्रमको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई तर्जुमा गरिएको हो।

कीर्तिपुर नगरपालिकाले आफ्नो रोजगार रणनीति तर्जुमा गर्ने अन्तर्गत, संघ, प्रदेश र स्थानीय तहको संवैधानिक व्यवस्था र कानूनी प्रावधानलाई आम नागरिकको जीवनमा लागु गरी रोजगारीको अवसर सिर्जना गर्न रोजगारीको नीति, नियम, र कार्याविधिलाई आधार बनाउने छ।

कृषि क्षेत्रमा दिगो उत्पादनशील रोजगारी अन्तर्गत, नगरपालिकाले सिँचाइ, कृषि सामाग्री, आधुनिक प्रविधि, मल र बजारीकरणमा समन्वय गरी न्युनतम रोजगारीको सुनिश्चित गर्ने योजना बनाएको छ।

साथै, व्यवसायिक शिक्षा, उद्यमशीलता तालिम, व्यवसायिक शीप बिकास, शीपयुक्त जनशक्ति परिचालनमा बस्तुगत आधार प्रदान गरी आन्तरिक रोजगारीको माग र आपुर्तिमा संगीत गरिएको छ।

कीर्तिपुर नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक केदार बुढाथोकीले बताएका अनुसार, आगामी दिनमा नगरपालिकाले श्रमिक समूहहरू बनाएर मौसमी तरकारी, प्रमुख अन्नबाली, नगदै बाली उत्पादनमा समेत जोड दिने योजना छ। यसले लोकल उत्पादनलाई प्रोत्साहन दिने र नगरपालिकाको कृषियोग्य जमिनको उपयोग गरी १०० दिनको रोजगारी प्राप्तिको लागि तयारी गरिएको छ।

सामुदायिक बिकास आयोजनामा दिगो रोजगारीको अवसर सृजना गर्ने योजना र सामुदायिक बिकासको रूपमा श्रम बैंकलाई पनि सुचारु रुपमा सम्पन्न गर्दै ल्याइने योजना राष्ट्रिय अर्थतन्त्रलाई सबल र गतिशील बनाउनका लागि प्रयास पनि गर्ने बताइएको छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू