Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकामा भोली देखि राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु ः सामाजिक...

कीर्तिपुर नगरपालिकामा भोली देखि राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु ः सामाजिक सुरक्षा भत्ताका सेवाग्राही पहिलो प्राथमिकता

कीर्तिपुर नगरपालिकाले भोली १९ गते देखि कीर्तिपुर नगरपालिका भित्र बसोबास गर्नेहरुका लागी राष्ट्रिय परिचय पत्र विवरण दर्ता गर्न बाँकीहरुका लागी दर्ता गर्न सेवा सुचारु गर्दे छ । असार १९ र २० गतेका दिन वडा ६ देखि १० वडा भित्रका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर दर्ता सुरु गर्ने भएको छ र २१ देखि २३ गते  वडा नं १ देखि ५ वडा भित्रका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर दर्ता दिइने छ साथै २४ गते पछि कीर्तिपुरका सम्पुर्ण नगरबासीहरुले दर्ता गर्ने सक्नेछन् । प्रत्येक दिन ५० वटा विद्युतीय टोकन लिन सकिनेछ त्यसपछि अर्को दिनका लागी भोली पल्टनै पुनः टोकन सेवा सुरु हुनेछ । भोलीका दिनका लागी अघिल्लो दिन टोकन लिएमा त्यो मान्य हुने छैन । टोकनमा अटो सेवा राखिएको कारण ५० वटा टोकन निस्कीसकेपछि बन्द हुने छ ।

अघिल्लो दर्ता भइसकेका तर परिचय पत्र नपाएकाहरुका हकमा नेपाल सरकारको जिल्ला प्रशासन कार्यालयबाट दर्ता गर्न पठाइएका अपरेटर लाई दिइएको टि ओ आर को आधारमा समय व्यवस्थापन गरेर दैनिक रुपमा परिचय वितरण गर्नु भन्ने छ तथापि यो कार्य सुचारु हुन सकेको छैन । अहिले यसको मुल उदेश्य भन्नुनै नेपाल सरकारले हाल देशव्यापी रुपमा जुन जुन जिल्लामा परिचय पत्र अनिवार्य गरेको छ , सामाजिक सुरक्षा भत्ता लाभग्राही हरुलाई श्रावण १ गते देखि भाद को अन्तिमा सम्म परिचय पत्र नविकरण भैसक्नु पर्ने प्रावधान निकालेको छ । नविकरण गर्नुलाई परिचय पत्र अनिवार्य रुपमा आवश्यक गरिएको छ । त्यसैले पहिलो प्राथमिकता सामाजिक सुरुक्षा भत्ताका सेवा ग्राहीहरुलाई दिइएको छ । र परिचय पत्र वितरण पनि सम्भवत श्रावण महिना देखि सुरु गर्ने प्रशाासन शाखाका वरिष्ठ अधिकृत जनक थापाले बताए  । परिचय पत्र अनलाइन भर्नु पर्ने छ ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू