Sunrise appliances
Homeकाठमाडौंतारकेश्वर नगरपालिकामा बालमैत्री स्थानीय शासनको एक दिवसीय तालिम सम्पन्न

तारकेश्वर नगरपालिकामा बालमैत्री स्थानीय शासनको एक दिवसीय तालिम सम्पन्न

तारकेश्वर नगरपालिकाको महिला, बालबालिका तथा सामाजिक कल्याण शाखा द्वारा टुसाल मल्टिभेन्युमा बालमैत्री स्थानीय शासन ब्यवस्था सम्बन्धी एक दिवसीय तालिमको कार्यक्रम सम्पन्न गरियो।

उक्त कार्यक्रममा नगर प्रमुख कृष्ण हरि महर्जनले कार्यक्रमको उद्घाटन गरेका थिए। यसका साथै, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू र पत्रकारहरूको उपस्थिति थियो।

प्रशिक्षक आत्मराम थापाले बालमैत्री स्थानीय शासनको स्थापना र दिगोपना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए। यसका अतिरिक्त, कार्यक्रममा नेपाली समाजका विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल पनि गरिएको थियो।

यस कार्यक्रमको मुख्य उदेश्य भन्नुनै स्थानीय समुदायमा संजाल गाड्ने, समृद्ध समाज निर्माण गर्ने र सामाजिक र शैक्षिक दृष्टिकोणबाट निर्णय गर्नु हो ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू