Sunrise appliances
Homeकाठमाडौंकिर्तिपुरबाट हराएको मोटरसाइकल चन्द्रागिरीमा फेला, मालिकलाई बुझाइयो

किर्तिपुरबाट हराएको मोटरसाइकल चन्द्रागिरीमा फेला, मालिकलाई बुझाइयो

काठमाडौं, कीर्तिपुर नगरपालिका वडा नं. १०, कुसोचबाट इन्जिन नं. JLYCJL16334 र चेसिस नं. MD2A36FY7JCL16467 भएको सेतो रंगको NS200 मोटरसाइकल (नम्बर बा.प्र.०२-०४६ प २००७) हराए पछी मोटरसाइकलका मालिक ३६ वर्षीय सनिस शाक्यले २०८१ जेठ २१ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए।

प्रहरीले खोजी कार्य सुरु गरेपछि, २०८१ असार २७ गते राति उक्त मोटरसाइकललाई काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. १० स्थित बुद्धमन्दिर नजिक नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला पारे। मोटरसाइकललाई संकास्पद अवस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि कार्यालयमा ल्यायो।

अनुसन्धान पश्चात, वास्तविक मालिक सनिस शाक्यलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मोटरसाइकल जिम्मा लगाइएको छ। प्रहरीको सक्रियता र शीघ्र कारबाहीले मोटरसाइकल फेला पार्न मद्दत पुगेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू