Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाको हरियाली योजना: ३० वटा फल र फूलका रुखहरु रोपिए

कीर्तिपुर नगरपालिकाको हरियाली योजना: ३० वटा फल र फूलका रुखहरु रोपिए

कीर्तिपुर नगरपालिकाले वडा नं १० को सहकार्यमा जर्सिङ्गा देखि हिल साइड मोडसम्म वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको शुभारम्भ बागमती प्रदेशका सांसद र पूर्व सहकारी विकास मन्त्री माननीय पुकार महर्जनले वृक्षारोपण गरेर गरेका थिए। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभ लक्ष्मी शाक्य (सुनिता), वडा नं १०, ९, ३, १ का वडा अध्यक्षहरु लगायत वडाका जनप्रतिनिधिहरु पनि सहभागी थिए। यसका साथै मंगल उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र सन स्टार क्लबका प्रतिनिधिहरु पनि उपस्थित थिए।

कार्यक्रम कीर्तिपुर नगरपालिकाको कार्ययोजना अन्तर्गत सडक दायाँबायाँ सफा, स्वच्छ हरियाली प्रवर्द्धनको लागि आयोजित गरिएको हो। शहरीकरणको विस्तारसँगै कीर्तिपुर नगरलाई थप सुन्दर बनाउन पालिकाले विभिन्न स्थानमा वृक्षारोपण गर्दै आएको छ। आजको कार्यक्रममा फुल र फल फल्ने गरी जम्मा ३० वटा रुखहरु विभिन्न स्थानमा रोपिएको छ। यसअघि उपभोक्ता वन क्षेत्रमा २५० वटा बिरुवा रोपिसकिएको छ। आगामी वर्षमा सडकको दायाँबायाँ हुर्किसकेका ८० वटा बिरुवा रोप्ने योजना रहेको छ।

कीर्तिपुर नगरपालिकाका वातावरण फोहरमैला व्यवस्थापन उपशाखाका अधिकृत ज्ञान बज्र महर्जनले बताए अनुसार, नगरपालिकाले अहिलेसम्म सडक वरपर १२०० बिरुवा रोपिसकेको छ। यस कार्यक्रमले नगरलाई हरियाली बनाउने उद्देश्यका साथ वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू