Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरका दुई टोलमा घरदैलो स्वास्थ्य शिविर संचालन हुने

कीर्तिपुरका दुई टोलमा घरदैलो स्वास्थ्य शिविर संचालन हुने

काठमाडौं–४ कीर्तिपुरको लियो क्लबले भोली घर-घरमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। एरा इन्टरनेशनलको सहयोगमा हुन लागेको यो स्वास्थ्य शिविर किर्तिपुर-३ स्थित सागल टोल र कुत्सा टोलमा बिहान ८ बजेबाट सुरु हुनेछ।

जेष्ठ नागरिकहरु र फरक क्षमता भएका व्यक्तिहरु सबैभन्दा बढी स्वास्थ्य जाँच गरी राख्नु पर्ने समुहमा पर्छन्, उमेर धेरै भएका हिड्न डुल गर्ने पनि गाह्रो हुने तर सामान्य जाँचहरुका लागी क्लिनिक र अस्पताल धाइरहनु पर्ने हुन्छ । यी समस्याहरुलाई मध्यनजरमा राखी लक्षित वर्गलाई आवश्यक सुबिधाका लागी स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि वितरणका लागि आयोजित यस शिविरले स्थानीय समुदायलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य रहेको एरा इन्टरनेशनलका अध्यक्ष राजकमल महर्जनले बताए ।

यस प्रकारका शिविरहरूले समुदायको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ। लियो क्लबका अध्यक्ष लजिन मान डंगोलका अनुसार भोली करिब ९६ घरधुरीमा घरदैलो गरी लक्षित वर्गलाई सेवा पुराइनेछ । कार्यक्रममा सहभागी हुन चाहनेहरूले तोकिएको समयमै उपस्थित भैइदिन अनुरोध गरिन्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू