Sunrise appliances
Homeकाठमाडौंचन्द्रागिरि केबलकार नजिक आगजनी: होटलमा पार्किङ गरिएका पाँच मोटरसाइकलमा क्षति

चन्द्रागिरि केबलकार नजिक आगजनी: होटलमा पार्किङ गरिएका पाँच मोटरसाइकलमा क्षति

चन्द्रागिरि नगरपालिका वडा नम्बर-४ थानकोटस्थित चन्द्रागिरि केबलकारको बटम स्टेशन नजिकै एक होटलको हातामा पार्किङ गरिएका पाँच मोटरसाइकलमा आगजनी भएको छ। आगलागीबाट तीनवटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् भने दुईवटामा सामान्य क्षति पुगेको छ।प्रहरी वृत्त थानकोटका अनुसार, होटल रोयल चन्द्रागिरिमा शुक्रबार राति भएको घटनामा बागमती प्रदेश-०४२-३२०४ नम्बरको मोटरसाइकल, बा. ६१ प ४०९० र बा. ५४ प ३८११ नम्बरको स्कुटर पूर्ण रूपमा जलेका छन्। त्यस्तै, बा.४५ प ६६२५ नम्बरको मोटरसाइकल र अर्को एक मोटरसाइकलमा पनि क्षति पुगेको छ। प्रारम्भिक अनुसन्धानले राति १ बजेर २० मिनेटमा घटना भएको पुष्टि गरेको छ।घटनास्थल वरपर रहेका क्यामेरा फुटेजहरू अध्ययन गर्दा एक मोटरसाइकल र चार व्यक्तिको संलग्नता देखिएको छ। फुटेजमा मोटरसाइकल पार्किङ गरिएको स्थल बाहिरबाट ज्वलनशील पदार्थ फ्याँलिएको दृश्य कैद भएको छ। घटनाका सम्बन्धमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू