Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनले नगर स्तब्धः श्रद्धाञ्जलीमा देउवा र प्रकाशमान सिंह...

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनले नगर स्तब्धः श्रद्धाञ्जलीमा देउवा र प्रकाशमान सिंह लगायत अन्य नेताहरूको उपस्थिती (तस्विरहरु)

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनले सिंगो नगर स्तब्ध भएको छ । ६० वर्षको उमेरमा बिहीवार बिहान १०ः३० बजे वीर अस्पतालमा नकर्मीकले अन्तिम सास फेरे। मिर्गौला (किड्नी) रोगले पीडित रहेका नकर्मीको अचानक निधनले सम्पूर्ण नगरवासी स्तब्ध छन् ।

नगर प्रमुखको रूपमा अतुलनीय योगदान दिएका नकर्मीको निधनले नगरपालिकालाई ठूलो क्षति पुगेको छ। नगर प्रमुख नकर्मीको निधनको खबरसँगै कीर्तिपुर नगरपालिका शुक्रबार शोक विदामा डुबेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले शोक विज्ञप्ति जारी गर्दै यो दुःखद खबर सार्वजनिक गरेका हुन् । नकर्मीको अनुपस्थितिमा उपप्रमुख शुभलक्ष्मी शाक्यले कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्ने छिन ।

मेयर नकर्मीलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौंको भीड जम्मा भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, संघीय सांसद राजेन्द्र कुमार केसी, बागमती प्रदेश सांसद पुकार महर्जन, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपप्रमुख सुनिता डंगोल, दक्षिणकाली नगरपालिकाका मेयर बसन्ती डंगोल तामाङ, ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जन, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। यसबाहेक, स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका शिक्षक र विद्यार्थीहरूले पनि नकर्मीको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

मेयर नकर्मी एक शिक्षाविद् र समाजसेवी मात्र नभई, सशक्त राजनीतिक व्यक्तित्व पनि थिए। मेगस इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपलको रूपमा लामो समयसम्म कार्यरत नकर्मीले वि.सं २०४६ र २०६२–६३ सालका जन आन्दोलनहरूमा अग्रणी भूमिका निभाएका थिए। उनका योगदानहरू सदैव स्मरणीय रहनेछन, नकर्मीको निधनले नगरपालिकामा शोकको माहोल छाएको छ र नगरवासीले एक अद्वितीय नेताको गुमाएको महसुस गरेका छन्।

नगरप्रमुख नकर्मीको निधनले नगरपालिकाको प्रगति र विकासमा ठुलो धक्का पुगेको छ। उनको सम्झनामा नगरपालिकाले शोकको घोषणा गरेको छ र उनको अभावलाई पुरा गर्न नगरवासीले एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता छ । नकर्मीको योगदानलाई नगरपालिकाले सदा स्मरण गरिरहने छ।


सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू