Sunrise appliances
Homeकाठमाडौंभिं पुखूको पौडी प्रतियोगिता स्थगित

भिं पुखूको पौडी प्रतियोगिता स्थगित

कीर्तिपुर, सोमबार: कीर्तिपुर वडा नम्बर ३ द्वारा हरेक वर्ष गथांम्वःका दिन पालिफलस्थित भिं पोखरीमा आयोजना हुँदै आएको परम्परागत पौडी प्रतियोगिता यो वर्ष स्थगन गरिएको छ।

वडा कार्यालयद्वारा प्रतियोगिताको तयारीस्वरूप सूचना प्रकाशित गरिएको थियो। तर साउन १० गते बिहीवार नगर प्रमुख राजकुमार नकर्मीको आकस्मिक निधनले कीर्तिपुर नगरपालिकालाई शोकमा डुबाएका कारण कार्यक्रम स्थगन गरिएको बुझिएको छ।

यसअघि उक्त प्रतियोगिता दुई पटक सम्पन्न भइसकेको थियो र यस वर्ष पनि त्यस्तै तयारी भइरहेको थियो। नगर प्रमुखको निधनको खबरले स्थानीयहरूलाई गहिरो दुःखमा पारेको छ र उनको सम्मानमा प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो।

स्थानीय प्रशासनले भविष्यमा प्रतियोगितालाई अझै भव्य रुपमा आयोजना गर्ने योजना रहेको जनाएको छ। नगर प्रमुख नकर्मीको योगदानलाई स्मरण गर्दै आगामी वर्षमा प्रतियोगितालाई पुनः सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू