सन् १९८२ मा चोरी भएको ११औं शताब्दीको ऐतिहासिक वासुकी नागराजको मूर्ति अब ४ दशकपछि पुनः आफ्नो धरोहरमा फर्किएको छ। नक्सालस्थित शंकर कीर्ति महाविहार, जो भगवान बाहालको नामले समेत प्रख्यात छ,त्यहीँ यो अनमोल मूर्ति पुनःस्थापना गरिएको छ।
४० वर्षभन्दा लामो समयसम्म हराएको यो अमूल्य सम्पदा अब आफ्नै ठाउँमा फर्किएकाले सम्पूर्ण समुदायमा हर्षोल्लास छाएको छ। ऐतिहासिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले यो पुनःस्थापना निकै महत्वपूर्ण छ। मूर्ति चोरी हुनु र फेरी यसको पुनःस्थापनाले हाम्रो सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने आवश्यकता झल्काउँछ।
शंकर कीर्ति महाविहारले यो सम्पदा पुनः प्राप्त गर्न र यसको संरक्षणमा पुर्याएको योगदानको लागि स्थानीय बासिन्दाहरुले उच्च प्रशंसा गरेका छन्। यो घटना सम्पदा संरक्षणको लागि प्रेरणादायी बन्ने विश्वास गरिएको छ, जसले हाम्रो धरोहरको संरक्षण र पुनःस्थापनाको महत्वलाई उजागर गरेको छ।