Sunrise appliances
Homeकाठमाडौंगोकर्णेश्वरमा सहकारी पीडितले गरे आत्महत्या, बचत फिर्ता नपाउँदा तनावमा थिए

गोकर्णेश्वरमा सहकारी पीडितले गरे आत्महत्या, बचत फिर्ता नपाउँदा तनावमा थिए

काठमाडौँ, ९ भदौ – गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक सहकारी पीडितको मृत्यु भएको छ। मोरङको विराटनगर घर भएका आमोद चतुर्वेदी शनिबार राति अत्तरखेलस्थित आफ्नो डेरामा झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरी वृत्त बौद्धका प्रमुख, प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार, मृतक चतुर्वेदीले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।

आमोद चतुर्वेदी गोकर्णेश्वर–८ अत्तरखेलस्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ता थिए। उनले लामो समयदेखि उक्त सहकारीमा जम्मा गरेको रु २५ लाख फिर्ता पाउन संघर्ष गर्दै आएका थिए। तर, दुई वर्षको प्रयासपछि पनि आफ्नो बचत फिर्ता नपाउँदा उनी गम्भीर मानसिक तनावमा थिए।चतुर्वेदी नेपाल मेडिकल कलेजमा कार्यरत थिए र त्यहीँ आसपासको कान्ति भैरव सहकारीमा उनले आफ्नो बचत रकम जम्मा गरेका थिए। खुट्टा भाँचिएको कारणले गर्दा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियो, जसले गर्दा उनले सहकारीबाट आफ्नो बचत फिर्ता पाउन निरन्तर संघर्ष गरिरहेका थिए। तर, बचत फिर्ता नपाउँदा चतुर्वेदीले बिरामी श्रीमती र छोरीको उचित उपचार गराउन सकेका थिएनन्, जसले गर्दा उनी अझै बढी तनावमा परेको बताइएको छ।चतुर्वेदीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ र यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ। सहकारी पीडित सङ्घर्ष समितिका सदस्य राजेशकुमार विष्टका अनुसार, चतुर्वेदीले आफ्नो पीडा सहकारीका पदाधिकारीहरूसँग बारम्बार राखे पनि उनको समस्या समाधान हुन सकेन।

यो घटनाले सहकारीहरूको गैरजिम्मेवारीपूर्ण व्यवहारप्रति आम सर्वसाधारणमा गहिरो आक्रोश छाएको छ। सहकारीमा बचत गरेका नागरिकहरूले आफ्नो रकम फिर्ता नपाउँदा यस्तो दुःखद घटना हुनुपरेकोप्रति व्यापक चिन्ता व्यक्त गरिएको छ। चतुर्वेदीको मृत्युसँगै सहकारी पीडितहरूको मुद्दा अझै गम्भीर बनेको छ, र यस घटनाले सहकारीहरूको पारदर्शिता र जवाफदेहिता प्रति गहिरो प्रश्न उठाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू