Sunrise appliances
Homeकाठमाडौंतिजको अवसरमा कीर्तिपुर नगरपालिका वडा नं ७ द्वारा महिला अधिकार सम्बन्धी अभिमुखिकरण...

तिजको अवसरमा कीर्तिपुर नगरपालिका वडा नं ७ द्वारा महिला अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिने

कीर्तिपुर, भदौ १५ – तिज पर्वको अवसरमा कीर्तिपुर नगरपालिका वडा नम्बर ७ ले महिला अधिकार र सशक्तिकरण सम्बन्धी विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम “महिला अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम” नाम दिइएको छ र आगामी शनिबार, भदौ १५ गते बिहान ११ बजे पाँगा पार्टी भेन्यू, पाँगा, कीर्तिपुरमा सम्पन्न गरिनेछ।यस कार्यक्रमको उद्देश्य महिला अधिकार सम्बन्धी जनचेतना जगाउनुका साथै उनीहरुलाई कानुनी अधिकार र उपलब्ध स्रोतहरु बारे जानकारी गराउनु रहेको छ। कार्यक्रममा महिला दिदीबहिनीहरुलाई आफ्नो अधिकार कसरी प्राप्त गर्ने र उपलब्ध स्रोतसाधनहरु कसरी प्रयोग गर्ने भन्नेबारेमा अभिमुखीकरण गरिनेछ।कार्यक्रममा विभिन्न छलफल, विशेषज्ञ भाषण र अन्तर्क्रियात्मक सत्रहरु समावेश गरिनेछ जसमा महिलाहरुले आफ्ना समस्या र चुनौतीहरु खुला रुपमा प्रस्तुत गर्न सक्नेछन्। यसका साथै, उनीहरुले सामूहिक रुपमा समस्याको समाधानको लागि उपायहरु खोज्न र चर्चा गर्न पाउनेछन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू