Sunrise appliances
Homeकाठमाडौंस्वर्गीय राजकुमार नकर्मीको ४५औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

स्वर्गीय राजकुमार नकर्मीको ४५औं पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

कीर्तिपुरकाे खासीबजार स्थित सामाजिक संस्था पासा पुच क्लबका भूपू अध्यक्ष, सल्लाहकार, र कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको ४५औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम विशेष श्रद्धाभावका साथ सम्पन्न भएको छ। दिवंगत राजकुमार नकर्मीको योगदान र उनीप्रतिको सम्मानलाई उजागर गर्ने यो कार्यक्रम पासा पुच भवन, खासिबजारमा आयोजित गरिएको थियो।

यस अवसरमा प्रमुख अतिथि राजेन्द्र के.सी. र माननीय पुकार महर्जनको विशेष उपस्थिति थियो भने स्वर्गीय नकर्मीको सम्पूर्ण परिवारजनले कार्यक्रममा सहभागिता जनाएका थिए। किर्तिपुरका १० वटै वडाका वडा अध्यक्षहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

दिवंगत नकर्मीले किर्तिपुर नगरको विकास, सामाजिक सेवा र जनताको हितका लागि पुर्‍याएको योगदानको चर्चा गर्दै उपस्थित वक्ताहरूले नकर्मीप्रति आफ्नो गहिरो श्रद्धा अर्पण गरे। पासा पुच क्लब, पासा पुच सेभिङ फण्ड, पासा पुच ब्याडमिन्टन क्लब, झि पासा पुच सहकारी र खासिबजार नागरिक समाजको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा वक्ताहरूले नकर्मीले समर्पित गरेको जीवन र उनले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने बताएका थिए।

कार्यक्रम बिहान ८ बजे शुरू भएको थियो, जहाँ उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण गरेका थिए। नकर्मीको नेतृत्वमा किर्तिपुरले नयाँ उचाइ प्राप्त गरेको स्मरण गर्दै, समाजले सधैंभरि उनको अभाव महसुस गर्ने कुरा सहभागीहरूले व्यक्त गरेका थिए।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू