Sunrise appliances
Homeकाठमाडौंस्व. राजकुमार नकर्मीको स्मृतिमा कीर्तिपुरमा रक्तदान कार्यक्रम सम्पन्न

स्व. राजकुमार नकर्मीको स्मृतिमा कीर्तिपुरमा रक्तदान कार्यक्रम सम्पन्न

कीर्तिपुर नगरपालिकाको प्रमुख एवम् बाग भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष राजकुमार नकर्मीको स्वर्गारोहण भएको ४५औं दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। “रक्तदान जीवनदान” भन्ने नारा अन्तर्गत बाग भैरव बचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

विहान ९ बजेदेखि २ बजे सम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता देखियो। कार्यक्रम मा कीर्तिपुर नगरपालिकाले पनि सहयोग गरेको थियो

यस रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर उपशाखाले पनि सहकार्य गरेको थियो। स्व। राजकुमार नकर्मीको स्मृतिमा आयोजित यस रक्तदान कार्यक्रमले कीर्तिपुर नगरका नागरिकहरूलाई रक्तदानको महत्त्वबारे सचेत गराउँदै, सामाजिक उत्तरदायित्वबोधको सन्देश पनि दिएको छ।

कार्यक्रमले कीर्तिपुरमा रक्तदानको परम्परा स्थापित गर्न थप प्रेरणा दिएको र भविष्यमा पनि यस्ता सामाजिक हितका कार्य निरन्तर अघि बढाइने आयोजकले जनाएका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू