Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर वडा नं ७ को पहलमा महिला सशक्तिकरण: लिजमा लिएको जग्गामा तरकारी...

कीर्तिपुर वडा नं ७ को पहलमा महिला सशक्तिकरण: लिजमा लिएको जग्गामा तरकारी खेतीमार्फत आर्थिक आत्मनिर्भरता

कीर्तिपुर, भाद्र २४ – कीर्तिपुर नगरपालिका वडा नं ७ को सक्रिय पहलमा महिला सशक्तिकरण र आर्थिक आत्मनिर्भरताका लागि एउटा उदाहरणीय कदम अघि बढाइएको छ। २०८०/८१ को बजेटअन्तर्गत, महिला लक्षित कार्यक्रमलाई केन्द्रमा राख्दै, २ लाख रुपैयाँको लागतमा लिजमा १९ आना जग्गा लिएर तरकारी खेतीका लागि आवश्यक आधारभूत पूर्वाधारको निर्माण गरिएको छ।

वर्ष २०८१ मा यस जग्गामा धान, मकै, तरकारी तथा अन्य नगदेबालीहरुको खेती गरियो। यो योजना विशेष गरी कीर्तिपुर नगरपालिका वडा नं ७ मा बसोबास गर्ने न्यून आय भएका, बेरोजगार र एकल महिलाहरुलाई केन्द्रित गर्दै अघि बढाइएको छ। हालसम्म ९ जना महिलाहरु यस परियोजनामा सहभागी भई, आफ्नो फुर्सदको समय सदुपयोग गर्दै कृषि कार्यमा संलग्न भएका छन्।

यस कार्यक्रमले मात्र महिलाहरुलाई कृषि क्षेत्रमा सक्रिय बनाएको छैन, स्थानीय समुदायलाई ताजा र स्वदेशी उत्पादनहरु उपलब्ध गराउँदै उनीहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। वरपरका समुदायका मानिसहरुले नै यस स्थानमा उत्पादन भएका तरकारी तथा नगदेबाली खरिद गर्दै आएका छन्। यसबाट प्राप्त आम्दानी महिलाहरुले बाँडेर लिने गरेका छन्, जसले उनीहरुको आर्थिक अवस्थामा उल्लेखनीय सुधार ल्याएको छ।

वडाले अघि सारेको यस महत्वपूर्ण कार्यक्रमले महिलाहरुलाई आफ्नो श्रमको सही मूल्य दिलाउँदै, आर्थिक आत्मनिर्भरताको मार्गमा अग्रसर गराएको छ। यो योजना महिलाहरुको लागि आर्थिक सशक्तिकरणको एउटा उज्ज्वल उदाहरण बनेको छ, जसले उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू