Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरको पालिफलमा अवैध संरचना हटाउन डोजर पठाउँदा तनाव, नगर प्रहरीमाथि हातपात

कीर्तिपुरको पालिफलमा अवैध संरचना हटाउन डोजर पठाउँदा तनाव, नगर प्रहरीमाथि हातपात

कीर्तिपुर नगरपालिका वडा नम्बर ३, पालिफल क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा झडप भएको छ। चार वर्षदेखि विवादमा रहेको १३ फिटे बाटोमा भगीरथ शाहले आफ्नो घरको पश्चिमपट्टि अवैध रूपमा थप गरेको माटोले वर्षाको पानी घरभित्र पसेपछि रिना देवी शाहले नगरपालिकासमक्ष उजुरी गरेकी थिइन्। शाहले सडक अतिक्रमण गरी अवरोध सिर्जना गरेपछि समस्या उत्पन्न भएको थियो।

नगरपालिकाले अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेपनि शाहले तोकिएको समयमा कुनै कदम नचालेपछि, नगरपालिकाले बाध्य भएर डोजर पठाएर संरचना हटाउने निर्णय लियो। डोजर पुगेसँगै घटनास्थलमा स्थिति तनावपूर्ण बनेको थियो। स्थानीयले संरचना हटाउन अवरोध गरेपछि नगरपालिकाका अमिन कैलाश विष्ट र नगर प्रहरीमाथि हातपात र दुर्व्यवहार भएको छ। कीर्तिपुर प्रहरीले तुरुन्तै दुई व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।

रिना देवीको उजुरी अनुसार, भगीरथ शाहले करिब पाँच फिट सार्वजनिक बाटो अतिक्रमण गर्दै पश्चिमतर्फ बाउन्डरी वाल बनाई, थप माटो थपेर बाटो समतल बनाउने काम गरेका थिए। नगरपालिकाको सूचना जारी भएपछिसमेत अवैध संरचना हटाउने सट्टा उनले झन् अतिक्रमणलाई विस्तार गर्दै १३ फिटे सार्वजनिक बाटोको स्लोप परिवर्तन गरी बाउन्डरी वालमा थप ईटा राखेका थिए।

यस घटनाले पालिफल क्षेत्रका स्थानीयबासीबीच ठूलो असन्तोष फैलिएको छ। नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अवैध संरचना हटाउन कडा कदम चाल्ने बताएको छ, भने कानूनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू