Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर नगरपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना: जनताको गुनासो र सुझाव सुन्ने तयारी

कीर्तिपुर नगरपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना: जनताको गुनासो र सुझाव सुन्ने तयारी

कीर्तिपुर नगरपालिकाले अब आउँदो असोज १३ गतेका दिन मंगलवार बिहान ९स्०० बजे नगरपालिकाको भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्न गइरहेको छ। यस कार्यक्रममा नगरवासीहरूले आफ्ना समस्या, गुनासा, तथा सुझावहरू प्रत्यक्ष रूपमा राख्न पाउनेछन्। नगरपालिकाले यो कार्यक्रममार्फत नगरवासीहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्यालाई नजिकबाट बुझ्ने र समाधानका लागि तत्काल कदम चाल्ने उद्देश्य राखेको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रमले नगरपालिकाको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै, जनताको आवाजलाई मुख्य प्राथमिकतामा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। यस कार्यक्रममा सहभागिताका लागि नगरवासीहरूलाई विशेष गरी अनलाइन माध्यममार्फत प्रश्नावली भर्न आग्रह गरिएको छ, जसको लागि तलको लिङ्क उपलब्ध गराइएको छ।

यस प्रकारको कार्यक्रमले जनताको विश्वास जित्ने र भविष्यमा नगरपालिकाका कामहरूलाई अझ प्रभावकारी बनाउन टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। नगरवासीहरूको हकहितको रक्षा गर्दै, यो सार्वजनिक सुनुवाइ कार्यक्रम नगरपालिकाको लागि ऐतिहासिक कदम साबित हुनेछ।

प्रश्नावली भर्न लिङ्क:
https://docs.google.com/forms/d/12SQjv8bHuH-5rEXEdcVtbymvkaLCxiBN53LyIngbc/edit#settings

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू