Sunrise appliances
Homeकाठमाडौंवडा सचिव केशव सुवेदीलाई अवकासमा गरियो सम्मानपूर्वक विदाई

वडा सचिव केशव सुवेदीलाई अवकासमा गरियो सम्मानपूर्वक विदाई

कीर्तिपुर,२८ – कीर्तिपुर नगरपालिका वडा कार्यालय २ का सचिव केशव सुवेदीले आफ्नो ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास प्राप्त गरेका छन्। धादिङको धुनिबेसी नगरपालिकाबाट कर्मचारी समायोजन अन्तर्गत २०७५ चैत १२ गते कीर्तिपुरमा सरुवा भएर आएका सुवेदी, सरलता र मिजासिलो व्यवहारका प्रतीक मानिन्छन्। पाँच वर्षभन्दा लामो समयसम्म कीर्तिपुरको स्थानीय शासनमा निष्ठापूर्वक सेवा गरेका सुवेदीको योगदान अविस्मरणीय रहन गएको छ।

सुवेदीलाई विदाई गर्न वडा कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको थियो। अध्यक्ष इन्जिनियर रुपेश महर्जनको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालसहितका उच्च पदाधिकारी, वडा परिवार र कर्मचारीहरु उपस्थित थिए। भावनाले ओतप्रोत उक्त विदाई कार्यक्रममा सुवेदीलाई सम्मानस्वरुप मायाको चिनो, सम्मानपत्र र विशेष उपहार प्रदान गरिएको थियो।

सुवेदीको कार्यकाल केवल कर्तव्य पालनामा सीमित रहेन, उनले आफ्नो सेवा अवधि भरमा वडा कार्यालयलाई सहज, उत्तरदायी र जनमैत्री बनाउन उल्लेखनीय भूमिका खेले। स्थानीय जनप्रतिनिधि, कर्मचारी र नगरवासीले सुवेदीप्रति गहिरो सम्मान व्यक्त गर्दै, उहाँको इमानदारिता, सहृदयता र नेतृत्व क्षमताको मुक्तकण्ठले प्रशंसा गरे।

विदाई समारोहमा मन्तव्य राख्दै सचिव सुवेदीले आफ्नो सेवाकाललाई सम्झिँदै भावुक बने। उनले भने, कीर्तिपुरको माटो र यहाँका जनताको सेवा गर्न पाउनु मेरो जीवनको एक अमूल्य उपहार हो। यहाँ बिताएको समय र अनुभवले मलाई जीवनभर प्रेरित गरिरहनेछ।

कार्यक्रममा सहभागी सबैले सुवेदीको योगदानलाई स्मरण गर्दै, उनको अवकाशले कीर्तिपुर नगरपालिकामा एउटा गहिरो खालीपन छाड्ने कुरा प्रकट गरे।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू