Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरको बिष्णुदेवी अस्पतालमा स्वास्थ्य सेवाको चरम लापरवाही, जनतालाई समस्या

कीर्तिपुरको बिष्णुदेवी अस्पतालमा स्वास्थ्य सेवाको चरम लापरवाही, जनतालाई समस्या

कीर्तिपुर, – राजधानीकै मुटुमा रहेको किर्तिपुर नगरपालिका वडा नं. १ स्थित बिष्णुदेवी अस्पताल, जसले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हो, तर आफैं स्वास्थ्य सेवाको गम्भीर लापरवाहीले ग्रस्त देखिएको छ। शुक्रबार, एकजना वृद्ध आमालाई हात दुखेको समस्याका कारण अस्पताल पुर्याउँदा देखिएको दुर्व्यवस्था र सेवामा रहेको लापरवाहीले यो अस्पताल आफैं बिरामीजस्तो देखिन पुगेको छ।

पहिलो नजरमै अस्पतालको नेमप्लेटमा उल्लेखित पाँचजना डाक्टरको दरबन्दीमा कार्यरत अवस्थामा एकजना मात्र डाक्टर हुनु अस्पतालको स्वास्थ्य सेवा क्षमतामा गम्भीर प्रश्न उठाउँछ। बिरामीलाई सामान्य उपचारका लागि ल्याएकोमा ब्लड टेष्टको आवश्यकता देखियो र ल्याबमा स्याम्पल दिइयो। तर, दुखाई कम गर्नुपर्ने मल्हम र एसिलकजस्ता अत्यावश्यक औषधि अस्पतालमा नभएको जानकारी दिइयो। यसले न केवल बिरामीलाई थप असुविधा पुर्यायो, तर अस्पतालको औषधि व्यवस्थापनमा भएको लापरवाहीलाई पनि उजागर गर्यो।

अझ गम्भीर कुरा त, ल्याब रिपोर्ट १ बजे आएपछि डाक्टरलाई देखाउन जाँदा अस्पतालमा कुनै पनि डाक्टर उपस्थित थिएनन्। अस्पतालमा कार्यरत एकमात्र डाक्टर नगरपालिकाको समीक्षा बैठकमा गएको जानकारी प्राप्त भयो। राजधानीको अस्पतालमा डाक्टरको यो अनुपलब्धता र बैठकमा जानुपर्छ भनेर बिरामीको हेरचाह बेवास्ता गर्नुले अस्पतालको जिम्मेवारीमा गम्भीर प्रश्न खडा गरेको छ। अस्पतालको इमर्जेन्सी वार्डमा एकजना बिरामी सुतिरहेको भए तापनि उनको उपचारको कुनै व्यवस्था देखिएन।

सर्वसाधारणलाई स्वास्थ्य सेवामा यति ठूलो लापरवाही हुनु अत्यन्त दुःखद छ। राजधानीकै अस्पतालमा यस्तो अवस्था हुनु मुलुकभरका ग्रामीण अस्पतालहरूको अवस्था कस्तो होला भन्ने गम्भीर प्रश्न उठाउँछ। बिष्णुदेवी अस्पतालजस्तो अस्पतालहरूलाई समयमै सम्बोधन नगरे, मुलुकको स्वास्थ्य क्षेत्र नै संकटमा पर्ने निश्चित देखिन्छ। सम्बन्धित निकायले यस्ता अस्पतालहरूको गुणस्तरमा सुधार ल्याउन तदारुकता देखाउनु अहिलेको आवश्यकता हो।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू