Sunrise appliances
Homeकाठमाडौंराति ढलेको रूखमा बाईक ठोक्किँदा अर्घाखाँचीका २४ वर्षीय युवकको मृत्यु, एक जना...

राति ढलेको रूखमा बाईक ठोक्किँदा अर्घाखाँचीका २४ वर्षीय युवकको मृत्यु, एक जना गम्भीर घाइते

कीर्तिपुर, काठमाडाै‌ – त्रिभुवन विश्वविद्यालय–कीर्तिपुर सडकखण्डमा गएराति भएको सडक दुर्घटनामा अर्घाखाँचीका २४ वर्षीय अजय पाण्डेको मृत्यु भएको छ। राति ४ बजेतिर बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बाईक ठूलाे रूखमा ठाेक्किँदा उनकाे घटना स्थलमै मृत्यु भएको थियो भने पछाडि सवार व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेको हाल ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको र रूख ढलेको अवस्था रहेको जानकारी दिँदै कीर्तिपुर नगरपालिकाको डोजर प्रयोग गरेर उक्त मोटरसाइकललाई घटनास्थलबाट कीर्तिपुर प्रहरी वृत्तमा लगिएको छ।

सडकको बीचमा ढलेको रूखका कारण दुर्घटना भएको अनुमान गरिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको कीर्तिपुर प्रहरीले जानकारी दिएको छ। सडकमा राति सवारी साधन चलाउँदा सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ।

तस्बिर : रामकृष्ण महर्जन

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू