Sunrise appliances
Homeकाठमाडौंअविरल वर्षाले कीर्तिपुरका मुहानहरूमा क्षति, खानेपानी वितरण प्रभावित

अविरल वर्षाले कीर्तिपुरका मुहानहरूमा क्षति, खानेपानी वितरण प्रभावित

कीर्तिपुर, दक्षिणकाली र वरपरका क्षेत्रमा अबिरल वर्षाको कारण प्रमुख मुहानहरू क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा खानेपानीको वितरणमा गम्भीर असर परेको छ। कीर्तिपुर शाखा अन्तर्गत पर्ने सिम, दुधपोखरी, दमाईखोला, मच्छेगाउँ रानीवन, पुष्पलाल लगायतका प्रमुख मुहानहरूमा ठूलो क्षति पुगेको छ। साथै, दक्षिणकाली डल्लु मुहानको केही भागमा पनि भारी क्षति देखिएको छ, जसको परिणामस्वरूप कीर्तिपुर शाखाबाट पानी वितरण हुने सम्पूर्ण क्षेत्रमा सेवा अवरुद्ध भएको हो।

खानेपानी संस्थानले सम्पूर्ण ग्राहकलाई क्षतिग्रस्त मुहानहरूको निरीक्षण पश्चात् पुनःनिर्माणको काम तीव्र गतिमा अघि बढाइरहेको जानकारी दिएको छ। मर्मतकार्य सम्पन्न भएपछि पानी वितरण सुचारु हुने आश्वासन पनि दिएको छ। यसका साथै, विद्युत आपूर्ति अवरुद्ध भएको कारण दक्षिणकाली र कीर्तिपुर क्षेत्रमा पानी उत्पादनमा समेत समस्या उत्पन्न भएको बताइएको छ। विद्युत आपूर्ति पुनः सुचारु भएपछि पानीको गुणस्तर परीक्षण गरी सुरक्षित वितरण गरिने सम्बन्धित निकायले जानकारी दिएको छ।

ग्राहकलाई मर्मत र पानी पुन: वितरणको काममा केही समय लाग्न सक्ने हुनाले धैर्य गर्न आग्रह गरिएको छ। पानी पुन: वितरण अघि सूचना जारी गरी जानकारी दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू