Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुरको ढुंगःचा खोल्सोमा खसेका प्रल्हाद महर्जन अझै बेपत्ता, खोजी कार्य जारी

कीर्तिपुरको ढुंगःचा खोल्सोमा खसेका प्रल्हाद महर्जन अझै बेपत्ता, खोजी कार्य जारी

कीर्तिपुर— कीर्तिपुर ९ स्थित ढुंगःचा खोल्सोमा आज बिहान खसेका स्थानीय प्रल्हाद महर्जन अझैसम्म फेला परेको छैन। आज बिहान करिब साढे ८ बजे ढिस्कोसहित खोल्सोमा खसेका महर्जनलाई फेला पार्न सुरक्षा निकाय तथा स्थानीयको अथक प्रयास जारी रहे पनि सफलता मिलेको छैन। नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको टोलीले दिनभरि खोजी कार्य जारी राखे पनि साँझसम्म कुनै ठोस सफलता प्राप्त हुन सकेन।

सुरक्षा निकायका अनुसार, भोलि बिहान ७ बजेबाट पुनः खोजी कार्यलाई तीव्रता दिइने जानकारी गराइएको छ। स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र कीर्तिपुर प्रहरीले घटना लगत्तै घटनास्थलमा परिचालन भएर खोजी अभियान सञ्चालन गरेका थिए।

आज बिहानको मुसलधारे वर्षाले पानीको बहाव अत्यधिक बढेसँगै ढुंगःचा खोल्सोबाट महर्जन खसेका थिए। खोल्सोको डिलबाट खसेपछि उनी ह्युम पाइपभित्र फसेको आशंका गरिएको छ। यो जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका विपद् व्यवस्थापन टोलीसहित स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासले खोजी कार्यलाई तीव्र बनाइएको थियो।

महर्जनको खोजी कार्यमा अहिले पनि विभिन्न टोलीहरूले निरन्तर रूपमा लगनशील भएर काम गरिरहेका छन्। जनताको जीवनको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सुरक्षा निकायहरूले खोजी कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने आश्वासन दिएका छन्।

घटनापछि क्षेत्रीय जनतामा चिन्ता र त्रासको वातावरण छाएको छ भने सबैजना प्रल्हाद महर्जन सुरक्षित रूपमा भेटिन सकून् भन्ने आशामा प्रतीक्षा गरिरहेका छन्।

तस्बिर : राजेन्द्र अधिकारी

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू