Sunrise appliances
Homeकाठमाडौंपाइलट बन्ने सपना अधुरै रह्यो: दसैंअघि कार दुर्घटनामा परि २९ वर्षीय विराट...

पाइलट बन्ने सपना अधुरै रह्यो: दसैंअघि कार दुर्घटनामा परि २९ वर्षीय विराट पन्थको निधन

तनहुँका २९ वर्षीय विराट पन्थ पाइलट प्रशिक्षणका लागि एक वर्षअघि विदेश गएका थिए। करिब १० महिनाको अध्ययन पूरा गरेका उनले अब ८ महिना मात्र कोर्स बाँकी थियो। केही दिनअघि उनले आफैं चलाएको कार दुर्घटनामा ज्यान गुमाएपछि, उनको शरीर बाकसमा नेपाल फर्कँदैछ।

यो हृदयविदारक घटना परिवारको लागि असह्य पीडा बनेको छ। पाइलट बन्ने सपना बोकेर विदेश गएका विराट अब सधैंका लागि परिवारसँग छुट्टिएका छन्। घरमा दसैंको चहलपहलको साटो अहिले शोकको माहोल छ। छोरोसँग दसैं मनाउने आशा राखेका आमाबाबु र परिवारजनलाई यो कहरपूर्ण यथार्थसँग जुध्न निकै कठिन भएको छ।

नेपाल फर्किएर पाइलट बन्ने योजनामा रहेका विराटको अचानक मृत्युले उनको भविष्यको सपना मात्र होइन, परिवारको सबै आशा र भरोसा पनि चकनाचूर भएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Sunrise appliances

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू