Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर उपनिर्वाचनमा युवा उम्मेदवार जनताको चाहना र समयको माग

कीर्तिपुर उपनिर्वाचनमा युवा उम्मेदवार जनताको चाहना र समयको माग

नेपालमा राजनीतिक चेतना र स्थानीय नेतृत्वप्रतिको जनताको धारणा पछिल्लो समय निकै बदलिएको छ। विशेष गरी काठमाडौंका मेयर बालेन्द्र शाह ९बालेन० र धरानका मेयर हर्क साम्पाङले गरेको काम र उनीहरूको जीतले नेपाली जनतामा स्वतन्त्र, पारदर्शी र सक्षम नेतृत्वको चाहना झल्काएको छ। कीर्तिपुर उपनिर्वाचनको परिप्रेक्ष्यमा पनि जनता अब युवा उम्मेदवारको खोजीमा छन्, जसले समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्नसक्ने जोश, साहस र नवीन दृष्टिकोण ल्याउन सक्छन्।

बालेन्द्र शाह र हर्क साम्पाङ

काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको विजयले नेपाली राजनीति नयाँ मोडमा छिरेको प्रमाणित गरिसकेको छ। बालेनले राजनीतिक दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा जित हासिल गर्दा, उनले पुराना र स्थापित दलहरूको असक्षमता, भ्रष्टाचार र विकासमा सुस्तताका विरुद्ध जनताको आवाज बुलन्द गरेका थिए। उनका पहलहरू, जस्तै काठमाडौंको सरसफाइ अभियान, ट्राफिक व्यवस्थापन, र जनतासँगको प्रत्यक्ष संवादले उनको लोकप्रियता झन् बढायो।

त्यस्तै, हर्क साम्पाङले धरानको विकासको लागि उभ्याएका मुद्दाहरू, विशेष गरी पानीको समस्या र जनतासँगको प्रत्यक्ष संलग्नताले उनलाई त्यहाँको नागरिकका बीच एउटा असल नेता बनाउन सफल भयो। उनले नेतालाई जनतासँग प्रत्यक्ष संलग्न गराउनुपर्ने आवश्यकता देखाए र उनी आफैं काममा लागेर उदाहरण प्रस्तुत गरे।

यी दुई को सफलता नेपाली जनताले पुराना राजनीतिक संरचनाबाट निराश भई नयाँ नेतृत्वको खोजी गरिरहेको स्पष्ट संकेत हो। स्वतन्त्र नेताहरूलाई जनताले प्रगति, पारदर्शिता र इमानदारीका प्रतीकको रूपमा देखिरहेका छन्, जसले पुराना राजनीतिक दलहरूले जनतालाई बेवास्ता गरेको अनुभव गर्छन्।

प्रमुख दलहरूको भूमिका : युवा नेतृत्वलाई अघि सार्ने समय

नेपालका ठूला राजनीतिक दलहरू पनि अब समयको माग बुझ्नुपर्ने अवस्थामा छन्। जनताले पुराना नेताहरू र उनीहरूको स्थायी राजनीतिक शैलीप्रति वितृष्णा व्यक्त गर्दै आएका छन्। ठूला दलहरूले परम्परागत ढाँचाबाट बाहिर निस्केर युवा नेतृत्वलाई अगाडि ल्याउनुपर्ने आवश्यकता छ। युवा नेताहरूले सामाजिक सञ्जाल, प्रविधिको प्रयोग, नवीन विचार, र समसामयिक चुनौतीहरूको गहिरो बुझाइ ल्याउन सक्छन्, जसले जनताको मन जित्न सक्छ।

बालेन र हर्क साम्पाङ जस्ता स्वतन्त्र नेताहरूले पुराना दलहरूलाई एउटा चेतावनी दिएका छन्—अब युवाहरूलाई अवमूल्यन गर्नु हुँदैन। ठूला दलहरूले पनि अब आफ्ना युवा अनुयायीहरूलाई जिम्मेवारी दिनुपर्नेछ। ठूला दलहरूमा रहेका धेरै सक्षम युवाहरूलाई सशक्त रूपमा नेतृत्वमा ल्याउनसके, उनीहरूले जनताको अपेक्षा अनुसार काम गर्नसक्नेछन्।

कीर्तिपुर उपनिर्वाचनमा पनि युवा उम्मेदवारको खोजी समयको आवश्यकताजस्तै देखिएको छ। स्थानीय जनता परम्परागत राजनीतिका घेराबाट बाहिर निस्केर युवाहरूलाई विश्वास गर्न चाहिरहेका छन्, जसले उनीहरूको चाहनालाई सम्बोधन गर्नसक्छ। कीर्तिपुरको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै, यहाँको विकासका लागि नवीन दृष्टिकोण र नवीन नीति आवश्यक छ, जुन युवाहरूले मात्र प्रदान गर्न सक्छन्।

कीर्तिपुर उपनिर्वाचनमा जनताले अब युवा र सशक्त उम्मेदवार खोजिरहेका छन्, जसले शहरको विकास र जनताको आवश्यकता सम्बोधन गर्नसक्ने होस्। बालेन शाह र हर्क साम्पाङले जुन प्रकारको सफल नेतृत्व देखाए, त्यही प्रकारको नेतृत्व अब कीर्तिपुरले खोजिरहेको छ। ठूला राजनीतिक दलहरूले पनि अब युवाहरूलाई अवसर दिन र उनीहरूलाई सशक्त बनाउन कन्जुस्याइँ गर्नु हुँदैन। यसले मात्र कीर्तिपुरजस्तो ऐतिहासिक नगरको भविष्यलाई उज्ज्वल बनाउन मद्दत पुर्‍याउनेछ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू