Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर उपनिर्वाचन: राप्रपाबाट वडा नं. ४ मा बिजेश बस्नेतको उम्मेदवारी घोषणा, खानेपानी...

कीर्तिपुर उपनिर्वाचन: राप्रपाबाट वडा नं. ४ मा बिजेश बस्नेतको उम्मेदवारी घोषणा, खानेपानी समस्या समाधान र विकासको प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष माननिय राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आज आयोजित एक भव्य कार्यक्रममा राप्रपाले कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको औपचारिक प्रचार-प्रसार अभियानको शुभारम्भ गरेको छ। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै राप्रपाले कीर्तिपुर नगरपालिका वडा नं. १ र वडा नं. ४ मा वडा अध्यक्षका उम्मेदवार घोषणा गरेको हो। यस क्रममा वडा नं. ४ तर्फ युवा र ऊर्जाशील उम्मेदवार बिजेश बस्नेतको उम्मेदवारी औपचारिक रूपमा प्रस्तुत गरियो।

कार्यक्रममा आफ्नो उम्मेदवारीबारे धारणा राख्दै बस्नेतले राप्रपा प्रवेश गरेको धेरै समय नभए तापनि विगत ६ महिनादेखि वडा नं. ४ लाई व्यवस्थित, सुन्दर र सक्षम बनाउन आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरे। उनले २०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिर पुनर्निर्माणमा समेत आफ्नो भूमिका रहेको बताउँदै स्थानीय समुदायको सहयोगमा घर-घरबाट संकलन गरिएको १४ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए।

वडा नं. ४ मा विकास निर्माणका चुनौतीहरुबारे प्रष्ट पार्दै बस्नेतले यस क्षेत्रमा विगतका समयमा भएका बाटो निर्माणको क्रममा साइड ड्रेन राख्न नसकिएको, राजकुलोहरुको उचित संरक्षण अभावमा ती मासिएका, तथा बाढी र पहिरोले कतिपय संरचनाहरू क्षतिग्रस्त भएको उल्लेख गरे। उनले यो अवस्थालाई सुधार्न १० वर्षसम्म समय लाग्ने अनुमान गरिएको समेत बताए।

बस्नेतले आगामी निर्वाचनमा विजयी भएमा दीर्घकालीन समाधानको उपायसहित खानेपानीका नयाँ स्रोत पत्ता लगाई वडा नं. ४ मा खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। साथै, आफ्नो उमेदवारीलाई सुदृढ बनाउन र वडा नं. ४ लाई कीर्तिपुरको नमुना वडा बनाउने लक्ष्यसहित मतदातासँग सहयोगको अपिल गरे।

उनको उम्मेदवारीले राप्रपाको युवा नेतृत्वलाई अघि सार्दै कीर्तिपुरका जनतालाई परिवर्तनको आश्वासन दिएको छ, जसले नगर विकास र ऐतिहासिक सम्पदा संरक्षणका लागि नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू