Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर वडा नं. १ मा राप्रपाको उम्मेदवार सुरेन्द्र उप्रेती, स्थानीय विकास र...

कीर्तिपुर वडा नं. १ मा राप्रपाको उम्मेदवार सुरेन्द्र उप्रेती, स्थानीय विकास र सेवा सुधारको लक्ष्य

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कीर्तिपुर नगरपालिका वडा नं. १ का लागि आफ्नो वडा अध्यक्षको उम्मेदवारको औपचारिक घोषणा गरेको छ। यस अवसरमा राप्रपाका केन्द्रीय अध्यक्ष माननीय राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित एक भव्य कार्यक्रममा सुरेन्द्र प्रसाद उप्रेतीको उम्मेदवारी प्रस्तुत गरियो।

कार्यक्रममा सुरेन्द्र प्रसाद उप्रेतीले आफ्नो उम्मेदवारीबारे धारणा राख्दै, वडा नं. १ को विकास र सुधारको स्पष्ट खाका प्रस्तुत गरे। उनले विजयी भएमा प्राथमिकता दिइने योजनाहरू उल्लेख गर्दै वडा नं. १ मा दीर्घकालीन समाधानमार्फत फोहरमैला व्यवस्थापन, सडक निर्माण, ढलको समस्या समाधान, तथा खानेपानीको दिगो व्यवस्थापनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए।

उप्रेतीले कीर्तिपुर नगरपालिकालाई स्वच्छ, सुरक्षित र विकसित बनाउन पार्टीको नीतिअनुसार कार्यान्वयन गर्ने वाचा गर्दै स्थानीय तहको विकासमा राप्रपाको महत्त्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

उप्रेतीको उम्मेदवारीले कीर्तिपुर नगरवासीमा सकारात्मक उर्जा र नयाँ जोश थप्ने अपेक्षा गरिएको छ। उनीमाथि वडा नं. १ लाई सफा, व्यवस्थित, र जनतामैत्री बनाउन सक्ने सक्षम नेतृत्वको रूपमा मतदाताको विश्वास जित्न सक्ने ठानिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू