Sunrise appliances
Homeकाठमाडौंइच्छाकुमार महर्जनलाई राष्ट्रिय सेवा सम्मान–२०८१, शिक्षा र उद्यमशीलतामा योगदानको कदर

इच्छाकुमार महर्जनलाई राष्ट्रिय सेवा सम्मान–२०८१, शिक्षा र उद्यमशीलतामा योगदानको कदर

काठमाडौँ, नेपाल – फोकस नेपालद्वारा आयोजित तिहार विशेष कार्यक्रम ‘शुभ दीपावली–२०८१’ को अवसरमा श्री इच्छाकुमार महर्जनलाई राष्ट्रिय सेवा सम्मान–२०८१ प्रदान गरिएको छ। सामाजिक सेवा र राष्ट्र निर्माणमा दशकौंसम्म अतुलनीय योगदान पुर्याउँदै आएका महर्जनले यस सम्मान पाएका हुन्।

इच्छाकुमार महर्जन सेमरक सिम्रिक प्रि-स्कुलका संस्थापक प्राचार्य तथा साना तथा घरेलु उद्योग संघ, कीर्तिपुरका अध्यक्षको रूपमा लामो समयदेखि सामाजिक विकास, उद्यमशीलता, र शिक्षा क्षेत्रमा क्रियाशील छन्। उनका यी कार्यहरु राष्ट्रप्रति समर्पित सेवाभाव र स्थानीय उद्यमशीलताको प्रवर्द्धनमा केन्द्रित रहँदै आएको छ, जसले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ।

महर्जनको यस योगदानलाई उच्च सम्मानका साथ स्वीकार्दै फोकस नेपालले उनलाई यस वर्षको ‘राष्ट्रिय सेवा सम्मान’ प्रदान गरेको हो। सम्मान समारोहमा प्रमुख अतिथि उपप्रधान तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंह, पूर्वमन्त्री माननीय भवानी प्रसाद खापुङ्ग, र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रूपमा महर्जनलाई सम्मान पत्र प्रदान गरे।

उपस्थित विशिष्ट अतिथिहरूले महर्जनको सामाजिक, शैक्षिक, र उद्यम विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै यस सम्मानले आगामी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। समाजसेवा र राष्ट्रसेवामा समर्पित महर्जनको योगदानलाई राष्ट्रप्रति एक आदर्श उदाहरणको रूपमा लिइएको यस सम्मानले कीर्तिपुर र समग्र नेपाली समाजमा उनको स्थानलाई थप मजबुत बनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू