Sunrise appliances
Homeकाठमाडौंउपनिर्वाचनको माहोल तातिरहेको बेला कीर्तिपुरमा नेकपा (एमाले) ले दशैँ, तिहार, छठ तथा...

उपनिर्वाचनको माहोल तातिरहेको बेला कीर्तिपुरमा नेकपा (एमाले) ले दशैँ, तिहार, छठ तथा नेपाल सम्बत ११४५ काे शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले कीर्तिपुरमा बडा दशैँ, तिहार, छठ र नेपाल सम्बत ११४५ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। यो कार्यक्रम आगामी कार्तिक १६ गते शुक्रबार (नेपाल सम्बत ११४४ कोलागा औँसी) बिहान ७:३० बजे कीर्तिपुरस्थित ऐतिहासिक बाघ भैरवस्थानमा सम्पन्न हुने जनाइएको छ।

यस विशेष अवसरमा प्रमुख अतिथिको रुपमा नेकपा (एमाले) का उपाध्यक्ष क. अष्टलक्ष्मी शाक्यको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम गरिनेछ। यस कार्यक्रममार्फत् एमालेले स्थानीय तहका विभिन्न नेताकार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकहरूसँग सामूहिक भेटघाट गर्ने अवसर बनाउने योजना बनाएको छ।

मङ्सिर १६ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा कीर्तिपुरलगायत मुलुकभर राजनीतिक तापमान चुलिएको बेला यो कार्यक्रमले राजनीतिक दलका गतिविधिहरूलाई थप चर्चा दिने अपेक्षा गरिएको छ। तर, एमालेले उपनिर्वाचनको मुखमै आउँदा पनि कीर्तिपुर नगरका लागि आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गर्न ढिलाइ गर्दै आएको छ। एमालेका प्रतिस्पर्धी दलहरूले भने आफ्नो रणनीतिमा स्पष्टता ल्याउँदै उम्मेदवार छनोटको प्रक्रियालाई अन्तिम रूप दिइरहेका छन्।

उपनिर्वाचनको माहोल तातिरहेको वर्तमान अवस्थामा एमालेले चियापान तथा शुभकामना कार्यक्रममार्फत जनसंपर्कको प्रयास गरिरहे पनि आफ्ना उम्मेदवारहरूको घोषणामा भएको ढिलाइले स्थानीय स्तरमा विभिन्न अड्कलबाजी र उत्सुकता उत्पन्न गराएको देखिन्छ। कीर्तिपुर नगरपालिकामा प्रमुख प्रतिस्पर्धी दलहरूले उम्मेदवारहरूको नाममात्रै घोषणा गरिसकेका छैनन्, अभियानलाई समेत तीव्र बनाएका छन्। यस अवस्थामा एमालेले चियापान कार्यक्रममार्फत जनतासँगको सम्पर्कलाई कसरी सुदृढ गर्छ र आगामी उपनिर्वाचनमा आफ्नो प्रभावलाई कसरी विस्तारित गर्छ भन्ने चासोको विषय बनेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू