Sunrise appliances
Homeकाठमाडौंसुशासनको परिकल्पनासहित, कीर्तिपुरका जनतामाझ नरेश श्रेष्ठको सशक्त घरदैलो अभियान

सुशासनको परिकल्पनासहित, कीर्तिपुरका जनतामाझ नरेश श्रेष्ठको सशक्त घरदैलो अभियान

मंसिर १६ मा कीर्तिपुर नगरपालिकामा हुने स्थानीय तहको उपनिर्वाचन नजिकिँदै गर्दा, स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठको अभियान थप सशक्त बन्दैछ। कानुन व्यवसायी तथा समाजसेवीका रूपमा परिचित श्रेष्ठले आफ्नो चुनावी अभियानलाई जनताको आवश्यकता र समस्याहरूको प्रत्यक्ष अनुभवमा आधारित बनाउन ‘घरदैलो अभियान’ लाई मुख्य प्राथमिकता दिएका छन्।

श्रेष्ठ, कीर्तिपुरका प्रत्येक वडामा पुगेर स्थानीय बासिन्दाहरूसँग संवाद गर्दै, उनीहरूका समस्या, अपेक्षा, र सुझावहरू सुन्ने कार्यमा दिन-रात सक्रिय छन्। यस क्रममा, कानुन व्यवसायीहरूको एक समूहले पनि वडा नं २ र ३ मा साथ दिएर घरदैलो कार्यक्रममा सहभागीता जनाउँदै, श्रेष्ठको अभियानलाई थप बलियो बनाएको छ।

श्रेष्ठको अभियानको मूल दर्शन भनेको कीर्तिपुर नगरपालिकामा सुशासन, न्याय, र नागरिक अधिकारको स्थापना गर्नु हो। कानुनी र प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका श्रेष्ठले, नगरको सर्वाङ्गिण विकास र नागरिक हितका लागि कानुनी दक्षतालाई आधार बनाउने प्रतिबद्धता जनाएका छन्। समुदायको हक-अधिकार सुनिश्चित गर्न विगतमा पनि कानुनी लडाइँ लडेका श्रेष्ठले, यस निर्वाचनमार्फत स्थानीय शासनलाई पारदर्शी र जवाफदेही बनाउँदै कीर्तिपुरको आर्थिक, सामाजिक, र सांस्कृतिक रूपान्तरणको संकल्प गरेका छन्।

उनको यो अभियानलाई जनस्तरबाट व्यापक समर्थन मिलिरहेको देखिन्छ। कानुन व्यवसायीहरूले श्रेष्ठलाई “सामाजिक इन्जिनियर” का रूपमा चित्रण गर्दै, न्याय, समानता र सुशासनको परिकल्पना साकार पार्न सक्षम व्यक्ति मानेका छन्। यसरी, श्रेष्ठको नेतृत्वमा कीर्तिपुरलाई समृद्ध बनाउन कानुनी र सामाजिक क्षेत्रका विशेषज्ञहरू उनको साथमा उभिएका छन्।

श्रेष्ठले आफ्ना प्रतिबद्धता र योजनाहरूलाई नागरिकहरूसामु राख्दै यस चुनावी अभियानलाई थप तीव्र बनाउँदै गएका छन्, जसबाट कीर्तिपुरवासीहरूले उहाँलाई जनसेवकको रूपमा विश्वास र समर्थन दिन थालेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू