किर्तिपुर नगरपालिका वडा नं. ४ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेका अभिलाष बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनले आज किर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई औपचारिक रूपमा निवेदन पेस गरेका हुन्।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निर्वाचन प्रक्रियाको सबै प्रावधान पूरा गरी उनकाे नाम उम्मेदवारको सूचीबाट हटाइएको छ। यो प्रक्रिया कानूनी रूपमा अनुमोदित रहेको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा औपचारिक सूचना सार्वजनिक गर्दै निर्वाचनको निष्पक्षता र विधिसम्मत कार्यप्रति प्रतिबद्धता जनाएको छ।