Sunrise appliances
Homeकाठमाडौंसमृद्ध कीर्तिपुरको परिकल्पना: डा. महर्जनले सार्वजनिक गरे ३५ बुँदे प्रतिबद्धता पत्र

समृद्ध कीर्तिपुरको परिकल्पना: डा. महर्जनले सार्वजनिक गरे ३५ बुँदे प्रतिबद्धता पत्र

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि देशभर राजनीतिक माहोल तातेका बेला कीर्तिपुर नगरपालिकाका मेयर पदमा माओवादी केन्द्रका उम्मेदवार डा. शिवशरण महर्जनले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक, सामाजिक अभियन्ता, र सम्मानित व्यक्तित्वका रूपमा परिचित महर्जनले यसपटक नेकपा (एकीकृत समाजवादी) को समर्थन पाएका छन्, जसले यो प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।

डा. महर्जनको प्रतिबद्धता पत्र कीर्तिपुरको समृद्धि, स्वावलम्बन, र शुद्ध प्रशासनको खाका हो। यो ३५ बुँदे प्रतिबद्धता पत्रले स्थानीय जनताको जीवनस्तर उकास्दै नगरपालिकाको समग्र विकासको परिकल्पना प्रस्तुत गरेको छ। उनी स्ववासी समस्याको तत्काल समाधान गर्न प्रतिबद्ध छन्। निःशुल्क फोहोरमैला व्यवस्थापन, खानेपानी र विद्युत् शुल्कमा सहुलियत, र घरघरमा समानुपातिक खानेपानी वितरणजस्ता आधारभूत सेवाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्।

महर्जनको योजना केवल आधारभूत सुविधासम्म सीमित छैन। उनले सबै क्षेत्रमा कालोपत्रे सडक विस्तार, चोभारदेखि सतुंगलसम्म सडक निर्माण, र सार्वजनिक पूर्वाधारमा लगानीमार्फत नगरवासीको जीवनलाई सहज बनाउने दृष्टिकोण अघि सारेका छन्। यसैगरी, स्वास्थ्य सेवामा आमूल सुधारका लागि २५ शैयाको विष्णुदेवी अस्पताल निर्माण गर्ने योजना उनका मुख्य प्रतिवद्धतामा पर्छ। त्रिभुवन विश्वविद्यालयमा शिक्षण अस्पतालको स्थापनादेखि स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी व्यवस्थित बजार निर्माण गर्नेसम्मका कार्यक्रमहरू उनको योजनामा समावेश छन्।

पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि उनको दृष्टि स्पष्ट छ। चम्पादेवी हुँदै हेटौंडा जोड्ने पक्की सडक, सांस्कृतिक तथा जातीय सङ्ग्रहालयको स्थापना, र कीर्तिपुरलाई सूचना प्रविधिमैत्री नगर बनाउँदै निःशुल्क इन्टरनेट सेवाको विस्तारले नगरको पहिचानलाई अझ बलियो बनाउने उनको योजना छ।

महिला, युवा, र खेलकुदको क्षेत्रमा उनले विशेष प्राथमिकता दिएका छन्। महिलाको लागि स्वरोजगार परियोजनाहरू सञ्चालन, युवालाई स्वरोजगारमुखी बनाउने, र खेलाडीहरूको सम्मानका लागि मासिक भत्ताको सुनिश्चितता उनका ठूला कदमहरू हुन्। नगर खेलकुद परिषद् गठन गरेर सबैको पहुँच विस्तार गर्ने र चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउने योजना कीर्तिपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोगी हुनेछन्।

डा. महर्जनको दृष्टिकोण मात्र विकास र समृद्धिमा सीमित छैन। उनले भ्रष्टाचारमुक्त र पारदर्शी शासन प्रणालीको वकालत गरेका छन्। सहकारी पीडितहरूको बचत फिर्ता गर्न पहल गर्ने, कर प्रणालीलाई सुधार गर्दै जनमैत्री बनाउने, र विकास निर्माणका कार्यलाई सर्वपक्षीय ढंगले अघि बढाउने अठोटले उनको नेतृत्व क्षमतालाई उजागर गर्छ।

डा. महर्जनको प्रतिबद्धता पत्र केवल वाचा नभई कीर्तिपुरवासीका लागि एउटा स्पष्ट मार्गदर्शन हो, जसले समृद्ध, सुशासनयुक्त, र आत्मनिर्भर नगर निर्माणको आधार तय गर्न सक्छ। कीर्तिपुरको राजनीतिक वातावरण तातेका बेला महर्जनको योजनाले मतदातालाई आकर्षित गर्न सक्ने विश्लेषण गरिएको छ। अब, कीर्तिपुरवासीको मतले यो महत्त्वाकांक्षी योजनालाई समर्थन गर्छ कि गर्दैन भन्ने विषयले यस निर्वाचनलाई थप रोचक बनाएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू