Sunrise appliances
Homeकाठमाडौंकीर्तिपुर उपनिर्वाचनमा विजयी जनप्रतिनिधिहरूलाई प्रमाण-पत्र वितरण

कीर्तिपुर उपनिर्वाचनमा विजयी जनप्रतिनिधिहरूलाई प्रमाण-पत्र वितरण

मंसिर १६ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोल, वडा नं. १ का अध्यक्ष इच्छा कुमार महर्जन, र वडा नं. ४ का अध्यक्ष राजेन्द्र वानियालाई निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा प्रमाण-पत्र वितरण गरेको छ।

निर्वाचन परिणामको औपचारिक घोषणा पश्चात आयोजित विशेष कार्यक्रममार्फत विजयी जनप्रतिनिधिहरूलाई प्रमाण-पत्र हस्तान्तरण गरिएको हो। उक्त कार्यक्रममा निर्वाचन अधिकृत, स्थानिय प्रशासनका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारीहरू, र स्थानीय नागरिकहरूको उपस्थिति थियो।

प्रमुख कृष्णमान डंगोल, जो नेपाली कांग्रेस को उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका थिए, कीर्तिपुर नगरपालिकाको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका छन्। वडाध्यक्ष पदका लागि वडा नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार इच्छा कुमार महर्जन र वडा नं. ४ बाट नेपाली कांग्रेस को उम्मेदवार राजेन्द्र वानियाले विजय प्राप्त गरेका हुन्।

नव निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय विकासका योजना अघि बढाउन र नगरको समग्र उन्नतिमा समर्पित रहने प्रतिबद्धता जनाएका छन्। निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिंदै उनीहरूले आगामी कार्यकालमा नगरवासीहरूको आवश्यकतामा आधारित सेवा प्रदान गर्ने आश्वासन दिएका छन्।

यस उपनिर्वाचनले स्थानीय राजनीतिक परिदृश्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ भने नगरवासीहरूले निर्वाचित जनप्रतिनिधिहरूप्रति आशा र विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू