Sunrise appliances
Homeकाठमाडौंटोखामा पहिलो पटक ‘चाकु दिवस’ मनाइने, परम्परागत चाकुको संरक्षण र प्रवर्द्धनमा जोड

टोखामा पहिलो पटक ‘चाकु दिवस’ मनाइने, परम्परागत चाकुको संरक्षण र प्रवर्द्धनमा जोड

टोखाको प्रसिद्ध घिउँ चाकुलाई प्रवर्द्धन गर्न ‘चाकु दिवस’ मनाउने निर्णय गरिएको छ। नेपा: युवा क्लब टोखा र टोखा परम्परागत चाकु संरक्षण समाजको संयोजनमा माघ १ गते टोखा बजारमा यो दिवस मनाइने भएको हो।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार टोखामा उत्पादन हुने चाकु र त्यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो दिवस मनाउन लागिएको हो। ‘चाकु दिवस’ मा बृहत् सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने उनले बताए।

श्रेष्ठका अनुसार टोखामा उत्पादन हुने चाकुको इतिहासलाई जीवन्त राख्न चाकु दिवस विशेष महत्त्वपूर्ण छ। टोखा खेती किसानीको प्राचीन केन्द्र मानिन्छ। टोखा नाम नेपालको प्राचीन नेपालभाषामा ‘टु’ (चिसो) र ‘ख्यः’ (खेत) बाट आएको बताइन्छ। यहाँ लिच्छवीकालदेखि नै खेती प्रणालीसँगै चाकु उत्पादन हुँदै आएको किंवदन्ती रहेको छ। हाल टोखामा १४ वटा चाकु उद्योग सञ्चालनमा छन्।

टोखा नगरपालिकाको सहयोगमा टोखा बजारमा हुने यस कार्यक्रममा नगरका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। साथै, टोखाको पहिचानका रूपमा चाकु स्तम्भ निर्माण गर्ने योजना पनि अघि सारिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू