Luniva Global
Homeकाठमाडौंकमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिन्डर विष्फोट, १४ जना घाइते

कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिन्डर विष्फोट, १४ जना घाइते

काठमाडौं, फागुन २४ – काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन्। विस्फोट बिहान करिब ८:४५ बजे भएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालका अनुसार, उक्त विस्फोट पसलमै रहेका ग्यास सिलिन्डर पड्किएर भएको हो। घाइतेहरूमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जनाको अवस्था सामान्य रहेको छ।

घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र पाँच जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ। विष्फोटको शक्तिशाली प्रभावले पसलको छत (सिलिङ) भत्किएको छ।

प्रहरीले घटनास्थल सुरक्षित बनाई थप अनुसन्धान अघि बढाइसकेको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू