Luniva Global
Homeकाठमाडौंकीर्तिपुर अस्पतालदेखि विष्णुदेवी अस्पतालसम्मको सडक बत्तिहरू महिनौँदेखि नबलेपछि सर्वसाधारण त्रसित, चोरी घटनामा...

कीर्तिपुर अस्पतालदेखि विष्णुदेवी अस्पतालसम्मको सडक बत्तिहरू महिनौँदेखि नबलेपछि सर्वसाधारण त्रसित, चोरी घटनामा वृद्धि

कीर्तिपुर अस्पतालदेखि विष्णुदेवी अस्पतालसम्मको सडक खण्डमा रहेको बत्ती महिनौँदेखि मर्मत हुन सकेको छैन। रातको समयमा सडकमा पूर्ण अन्धकार रहने हुँदा सर्वसाधारण, विशेषगरी रात्रीकालीन यात्रुहरू असुरक्षित महसुस गरिरहेका छन्।

स्थानिय बासिन्दाका अनुसार, उज्यालोको अभावका कारण पैदल यात्रु तथा सवारी साधन चालकहरूलाई यात्रा गर्न निकै गाह्रो भइरहेको छ। खासगरी महिलाहरू, विद्यार्थीहरू तथा काम विशेषले राति हिँड्नुपर्ने नागरिकहरू असहज महशुस गरिरहेका छन्।

यसअवस्थालाई फाइदा उठाउँदै चोरी जस्ता अपराधिक क्रियाकलापहरू पनि बढ्दै गएका छन्। केही दिनअघि मात्र कीर्तिपुर नगरपालिका वडा नं. २ निवासी जितेश नापितको मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ।

स्थानियवासीहरूले सम्बन्धित निकायसँग सडक बत्तीहरू यथाशीघ्र मर्मत गरी सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। नगरपालिकाको बेवास्ताका कारण यो समस्या झनै बल्झँदै गएको भन्दै नागरिकहरू आक्रोशित भएका छन्। यदि चाँडै नै समाधान खोजिएन भने थप आपराधिक घटनाहरू बढ्ने र सर्वसाधारणको सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

सडक बत्तीहरूको मर्मत तथा सुरक्षा प्रवन्धको विषयमा कीर्तिपुर नगरपालिका र सम्बन्धित निकायहरूको ध्यानाकर्षण आवश्यक देखिएको छ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
- Advertisment -
Luniva Global
- Advertisment -
Luniva Global

सबैभन्दा लोकप्रिय

हालैका टिप्पणीहरू